हिरो एक्सट्रिम १६०आर बाइक सार्वजनिक

हिरो मोटोकर्पले हिरो एक्सट्रिम १६०आर बाइक  सार्वजनिक  गरेको छ । हिरो एक्सट्रिम १६०आर २ भेरिएन्ट सिंगल डिस्क र डबल डिस्कमा  सार्वजनिक गरिएको हो । सो बाईकमा सिंगल च्यानल एबीएस पनि समावेश गरिएको  छ । यस अनुसार अब छिट्टै नै यो बाइक नेपाली बजारमा पनि उपलब्ध हुने र यसको मूल्य पनि यही सेगमेन्टका अन्य बाइक भन्दा सस्तो  एनजीएम स्रोतको भनाइ छ । बजारमा सो बाइकको बजाज पल्सर एनएस१६०, टीभीएस अपाचे आरटीआर १६० ४भी र सुजुकी जिस्कर १५० सँग प्रतिस्पर्धा हुनेछ ।

हिरो एक्सट्रिम १६०आर मा फ्युल इन्जेक्शन सिस्टमको साथमा बीएस६ कम्प्लायन्ट १६० सीसी एयर कुल्ड इन्जिन समावेश छ । सो इन्जिनले ८५०० आरपीएममा १५ बीएचपीको पावर र ६५०० आरपीएममा १४ एनएम पीक टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ५ स्पिड गियरबक्स समावेश गरेको छ । सो नयाँ बाइक ४.७ सेकेन्डमा ० देखि ६० किलोमिटर प्रति घन्टाको स्पिड लिने कम्पनीले दावी गरेको छ । हिरो एक्सट्रिम १६०आर बाइकको तौल १३८.५ किलोग्राम रहेको छ ।

हिरो एक्सट्रिम १६०आर बाइकमा एलईडी हेडल्याम्प, एलईडी डीआरएल, एलईडी साइन टर्न इन्किेटर्स, एच सिग्नेचर एलईडी टेलल्याम्प, इन्टिग्रेडेट पिलियन ग्र्याब रेल्स, हेजर्ड लाइट, फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र साइड स्ट्यान्डर्ड डाउन इन्जिन कट अफ फंक्सन जस्ता फिचर रहेको छ ।

हिरो एक्सट्रिम १६०आरको फ्रन्टमा ३७ एमएम टेलेस्कोपिक फोर्क्स र रियरमा ७ स्टेप एड्जस्टेबल मोनोसक सस्पेन्सन समावेश छ । बाइकको ग्राउन्ड क्लियरेन्स १६५ एमएम रहेको छ । दुबै भेरिएन्टको फ्रन्टमा २७६ एमएम डिस्क ब्रेक रहेको छ । ड्युअल डिस्क भेरिएन्टको रियरमा २२० एमएम डिस्क ब्रेक र सिंगल डिस्क भेरिएन्टको रियरमा १३० एमएम ड्रम ब्रेक रहेको छ । सो दुबै बाइकको ह्वील १७ इन्चको रहेको छ ।


Share Page

1 Comments

  1. 1 month ago Shivaraj Ghimire

    I want buy this bike. What is price?

Write a comment

menu
menu