हिरो एक्सपल्स २०० नयाँ भर्सनमा सार्वजनिक

हिरो मोटोकर्पले आफ्नो सर्वाधिक चर्चित २०० सीसी सेग्मेन्टको मोटरसाइकल एक्सपल्सलाई  बीएस ६ भर्सनमा सार्वजनिक  गरेको छ । कम्पनीले यो मोटरसाइकलमा मेकानिकल परिमार्जनको अलावा केही कस्मेटिक परिवर्तन समेत गरेको हो । विभिन्न ४ अप्सनमा ल्याइएको सिट कभर मोडर्न, टुरर, एडभेञ्चर र ड्यूल टोनमा उपलब्ध रहने छ । नयाँ सिट कभरले राइडरलाई एक्स्ट्रा ग्रिप प्रदान गर्ने भएकाले यसले आरामदायी यात्राको लागि सहयोग पुग्ने कम्पनीको दाबी छ ।

एक्सपल्समा २०० सीसी क्षमताको लिक्वीड कुल सिङ्गल सिलिन्डर, टु भल्भ एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले १७.५ बीएच पावर र १६.४ एनएम टर्क जेनेरेट गर्छ । यसमा फाइभ स्पीड गियरबक्स जडान गरिएको छ । मोर्डन रेट्रो र फङ्सनल डिजाइनमा निर्माण गरिएको एक्सपल्स मोटरसाइकलमा आकर्षक फ्युल ट्यांकी लगाइएको छ ।

राउन्ड हेडल्याम्प, आर्कषक टेलाइट, इन्जिन किल स्विच, रियर ग्राब रेल, फ्रन्ट साइडमा लगाइएको विन्ड स्क्रिनले मोटरसाइकललाई निक्कै आकर्षक बनाएको छ । यसमा डबल प्रपोज टायर, आल्मुनियम ब्यास प्लेट, नकल गार्ड, हाई माउन्ट मडगार्ड लगायतका विशेषता दिइएको छ । यस्तै यसमा २२० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ भने ८२५ एमएम सिट हाइट दिइएको छ ।

बाइकको अगाडिको चक्कामा ३७ एमएम टेलिस्कोपिक फर्कसँगै १९० एमएम स्ट्रोक र रियरमा १० स्टेप एडजस्टेबल ग्यास चार्ज मनोशक युनिट लगाइएको छ । पछाडिको चक्कामा भने १७० एमएम ट्राभल युनिट लगाइएको छ । दुबै मोडलमा समान प्रकारको सेट अप, अलबिट, लेसर ट्राभल, रियर मनोशक, अगाडि २७६ एमएम पेटल डिस्क र पछाडि २२० एमएम डिस्क ब्रेक दिइएको छ । मोटरसाइकलमा सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ ।

Share Page

Related tags to article

0 Comments

Write a comment

menu
menu