हिरोको बहुप्रतिक्षित बाइक ‘एक्सपल्स २००’ अब नेपालमा

हिरोले नेपाली बजारमा फेरि अर्को सशक्त बाइकलाई सार्वजनिक गरेको छ । २०० सीसीको निकै प्रतिस्पर्धात्मक सेगमेन्टमा हिरोले बहुप्रतिक्षित बाइक ‘एक्सपल्स-२००’लाई नेपाल ल्याएको हो । हिरोहिरो मोटर कर्पले उत्पादान गरेको यस मोटर साइकल एक्स्पल्स २००को मुल्य रु.३ लाख ८५ हजार कायम गरिएको छ। एक्स्पल्स २०० मोटर साइकल देशभर रहेका नेपाल जेनरल मार्केटिङबा सम्पूर्ण डिलरहरुमा उपलब्ध हुनेछ।

युवापुस्ताको सहज र भरपर्दो विकल्पका रुपमा बजारमा यो बाइक उपलब्ध गराइएको हो । अत्याधुनिक फिचरहरु समावेश रहेको यो बाइकलाई नयाँ जमानाको स्टाइलिस र स्ट्रोङ  बाइकका रुपमा अघि सारिएको छ । सस्तो मूल्यमा नै शानदार बाइक चढ्न चाहानेहरुलाई एक्सपल्स-२००को विकल्प भेट्न मुस्किल पर्ने देखिएको छ । यो बाइक रोमाञ्चक र सुरक्षित यात्राको सबैभन्दा भरपर्दो सारथि बन्न सक्ने देखिन्छ ।

हिरो एक्सपल्स २०० मा स्पोक ह्विल्स र अफरोड टायर रहेको छ । यसको फ्रन्ट ह्विल २१ इन्च र रियर ह्विल १८ इन्चको रहेको छ । सो बाइकलाई अफरोड राइडिङको लागि डिजाइन गरिएको छ । यसको ग्राउन्ड क्लियरेन्स २२० एमएम छ । एक्स्प्लस २०० मा लामो विन्डस्क्रिन पनि समावेश गरिएको छ । एक्सपल्स २००टी मा एलोई ह्विल्स र रोड टायर जडान गरिएको छ र सो बाइक पर्यटनको लागि निकै राम्रो मानिएको छ ।

एयर कुल्ड’ सहित ४ स्ट्रोक र २ भल्भ सिंगल सिलिन्डर ओएचसी इन्जिनले यो बाइकको रोड पर्फरमेन्सलाई दमदार बनाएको छ । यसले ८००० आरपीएममा १८.४ पीएस र ६५०० आरपीएममा १७.१ एनएम टर्क जेनेरेट गर्छ । यसमा सीभी कर्बुनेटर फ्युल सिस्टम छ । यसमा सेल्फ र किक दुबै स्टार्टको विकल्प दिइएको छ । यसमा प्रभावशाली एयर फिल्टर प्रणाली पनि जोडिएको छ । यसमा मल्टी प्लेट वेक क्लच छ । ५ स्पीडको गेयरबक्स छ । फ्युल इन्जेक्सन सिस्टम छ ।

यो बाइक अगाडि डिस्क ब्रेक छ । यसमा सिंगल च्यानल एबीएस छ । त्यसैगरी पछाडि पनि डिस्क ब्रेक छ । यसमा डिजिटल कन्सोल छ ।‘एक्सपल्स-२००’मा अघि पछि बलियो टायर छ । यसमा चार्जिङ पोइन्ट पनि छ । यो बाइकमा १४१२ एमएमको ह्वील बेस छ । सिटको हाईट ८२३ एमएम छ । कुल उचाइ १२५७ एमएम छ । यो बाइकको तौल १५३ केजी छ । १३ लिटरको फ्युल ट्यांक छ ।

एक्स्पल्स २०० चकलेटी चमकदार रातो, कालो, हल्का सिल्ड सुनौलो र हल्का एक्सिस कैलो गरी ४ विविध रङ्गहरुमा उपलब्ध छ। एक्स्पल्स २०० आधुनिक संरचना र सवारी सहजताको सही संयोजन खोजिरहेका युवाहरुको लागि उत्कृष्ट मोटरसाइकल हुने कम्पनीले विश्वास लिएको छ।

Share Page

0 Comments

Write a comment

menu
menu