Home / Blogs / नेपाली बजारमा नयाँ भर्सनको सुपर स्प्लेन्डर सार्वजनिक; यस्तो छ मूल्य
  • Upcoming Bikes
  • 0

नेपाली बजारमा नयाँ भर्सनको सुपर स्प्लेन्डर सार्वजनिक; यस्तो छ मूल्य

Nepal Auto Trader

Share this News

image

हिरो मोटोकर्पले सुपर स्प्लेन्डरको नयाँ भर्सन नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालका लागि हिरो मोटोकर्पको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङ प्राइभेट लिमिटेड (एनजिएम) ले सुपर स्प्लेन्डरको नयाँ भर्सन नेपाली बजारमा भित्रिएको जनाएको छ । नयाँ सुपर स्प्लेन्डर उत्कृष्ट पावर, अधिकतम माइलेज र आरामदायी सवारीका साथै प्रिमियम बोल्ड डिजाइन र आधुनिक प्रविधिका साथ नेपाली बजारमा ल्याइएको कम्पनीले जनाएको छ । सुपर स्प्लेन्डरको को लुक्स तथा डिजाइन समेत नयाँ रहेको छ ।


हिरो सुपर स्प्लेन्डरमा १२५ सिसी, एयर कुल्ड, ४ स्ट्रोक, सिंगल सिलिन्डर इन्जिन दिइएको छ जुन इन्जिनले ७५०० आरपीएममा अधिकतम १०.७ बीएच पावर तथा ६००० आरपीएममा १०.६ एनएम टर्क जेनेरेट गर्छ । यसमा ४ स्पीडको गियरबक्स र मल्टिप्लेट वेट क्लच उपलब्ध रहेको छ । सुपर स्प्लेन्डरको अगाडि र पछाडि १३० एमएमको ड्रम पाउन सकिन्छ । यसैगरी यसको अगाडि टेलिस्कोपिक फर्क र पछाडि निट्रो मोनोशक रहेको छ । सुपर स्प्लेन्डरमा १८ इन्चको अलोय ह्वील रहेको छ । 


हिरो सुपर स्प्लेन्डरको लम्बाई २०४२ एमएम, चौडाई ७४० एमएम, उचाई ११०२ एमएम, ग्राउण्ड क्लियरेन्स १८० एमएम र १२७३ एमएमको ह्वीलवेस रहेको छ । सो बाइकमा १३ लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसको वजन १२३ केजी रहेको छ । सो बाइकले ६५ किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने कम्पनीको भनाइ छ । कम्पनीले सो बाइकको टप स्पिड ९० किलोमिटर प्रतिघन्टा रहेको दाबी गरेको छ । सो नयाँ वाइकको सिट हाइट ७८५ एमएम रहेको छ ।


हिरो सुपर स्प्लेन्डर नयाँ एनालग क्लस्टर, इन्टिग्रेटेड यूएसबी चार्जर, साइड–स्ट्यान्ड इन्जिन कट–अफ जस्ता थप नयाँ फिचर पाउन सकिन्छ । यसैगरी यसमा हेलोजिन हेडल्याम्प, एनालग क्लस्टर, एलइडी टेल ल्याम्प, वल्व इन्डिकेटर, ४५ एमएम बढी लामो सिट र हाई ग्राउन्ड क्लियरेन्स जस्ता बिशेषता रहेका छन् । यसमा प्रयोग भएको नयाँ हेडल्याम्प र आकर्षक इन्धन ट्याङ्कीले सो बाइकलाई निकै स्टाइलिश बनाएको छ । सो बाइकमा सुपर–पावर, सुपर–माइलेज र सुपर–कम्फर्ट पाउन सकिने कम्पनीले जनाएको छ । 


नयाँ भर्सनको सुपर स्प्लेन्डरको नेपाली बजार मूल्य २ लाख ६६ हजार रुपैयाँ निर्धारण गरेर कम्पनीले यसको विक्री सुरु गरेको जनाएको छ । सुपर स्प्लेन्डर आधुनिक ग्राफिक्सको साथ ब्ल्याक विथ ग्रे, क्यान्डी ब्लेजिङ रेड, ब्लयाक विथ रेड स्ट्राइप्स, ब्लयाक विथ भ्वाइलेट स्ट्राइप्स र एबोनी ग्रे गरी पाँच प्रिमियम मेटालिक रंगहरूमा उपलब्ध रहेको छ । हिरो स्प्लेन्डर सहर, तराई र पहाड सबै क्षेत्रको लागि उपयूक्त मोटरसाइकल मानिन्छ । कम्पनीले सुपर माइलेज, सुपर स्टाइल, सुपर पर्फोमन्स र सुपर सेफ्टी नारासहित यसलाई नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInRedditInstagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।




 

Our latest comments