हार्ले डेभिडसन शताब्दीपछि अब नेपाली बजारमा

अमेरिकी ब्रान्डको हार्ले डेभिडसन मोटरसाइकल नेपाली बजारमा भित्रिएको छ । मोटरसाइकल प्रयोगकर्ताहरुको ‘ड्रिम’को रुपमा रहेको हार्ले डेभिडसन आइएमइ ग्रृुपअन्तर्गतको आइएमइ अटोमोटिभ्स प्रालिले नेपाली बजारमा भित्र्याएको हो । हार्लेको इन्ट्रिलेवल मोटरसाइकल अन्र्तगत स्ट्रीट ७५० र स्ट्रीट रड ७५० नेपाली बजारमा भित्रिएको हो । हार्ले डेभिड्सन काठमाडौंको शोरुम गैह्रीधारामा उक्त मोटरसाइकल आइपुगेको हो ।

७५० सीसी सेग्मेन्टमा यो मोटरसाइकल २ भेरियन्टमा उपलब्ध रहेको छ । स्ट्रीट ७५० र स्ट्रीट रड ७५० जनवरीमा आधिकारीक रुपमा सार्वजनिक गर्ने तयारी गरेको छ । हाल यो मोटरसाइकल किन्न चाहने ग्राहकले बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ । सुरुवाती चरणमा कम्पनीले काठमाडौं बाहिरका उपभोक्ताका लागि सर्भिसका लागि मोबाइल भ्यानमार्फत् सर्भिस उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । हार्ले डेभिडसनले विश्वव्यापी रुपमा विस्तार गरेको हार्ले मर्चेन्डाइज कम्पनीले नेपालमा पनि हार्ले राइडरहरुका निम्ति त्यो प्ल्याटफर्म कम्पनीले उपलब्ध गराउने छ ।

स्ट्रीट ७५० र स्ट्रीट रड ७५० मा लिक्वीड कुल्ड, २ सिलिन्डर, ४ भल्भ ७४९ सीसी इन्जिन रहेको छ । स्ट्रीट ७५०को इन्जिनले ५९ एनएम टर्क तथा ५३ बीएच पावर जेनेरेट गर्छ ।  यस्तै स्ट्रीट रड ७५०को इन्जिनले ६३ एनएम टर्क जेनेरेट गर्छ । यी दुवै मोटरसाइकलमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ । नेपाली बजारमा भित्रिएको हार्लेको सबैभन्दा सस्तो मोटरसाइकल हार्ले स्ट्रीटको सुरुवाति मूल्य २३ लाख र स्ट्रीट रड ७५० को सुरुवाति मूल्य २५ लाख ५० हजार रुपैयाँ रहेको छ । 

स्ट्रीट रड ७५० को लम्बाई  २१३१ एमएम, सिट हाइट ७५६ एमएम, ग्राउन्ड क्लियरेन्स २०५ एमएम र ह्वीलवेस १५०८ एमएम रहेको छ । स्ट्रीट रड ७५० को फ्रन्टमा ३०० एमएमको डबल र रियरमा २६० एमएमको सिगंल डिस्क ब्रेक रहेको छ । यस्तै स्ट्रीट ७५० को लम्बाई  २२१४ एमएम, सिट हाइट ६५२ एमएम, ग्राउन्ड क्लियरेन्स १४४ एमएम र ह्वीलवेस १५१८ एमएम रहेको छ । स्ट्रीट ७५० को फ्रन्टमा २९२ एमएम र रियरमा २६० एमएमको डबल क्यालिपर डिस्क ब्रेक रहेको छ । 

यी मोटरसाइकलमा बेल्ट राइड, आल्मुनियम अलोय ह्वील, टियर ड्रप फ्यूल ट्याङक, बार–इन्ड मिरर, एनालग स्पीडो मिटर, फ्यूल वार्निङ इन्डिकेटर, लो आयल इन्डिकेटर, पिलियन सिट, इन्जिन किल स्वीच, डिजिटल ट्रिप मिटर जस्ता बिशेषता रहेका छन् । विभिन्न कलर अप्सनमा ग्राहकको चाहाना अनुरुप कम्पनीले मोटरसाइकल भित्र्याउने जनाएको छ भने कलर अनुसार मोटरसाइकलको मूल्य समेत फरक हुनेछ । नयाँ तथा पुराना हार्ले राइडरहरुलाई कम्पनीले आवश्यकता अनुसार स्पेयर पार्टस् तथा सर्भिस उपलब्ध गराउने छ ।



Share Page

0 Comments

Write a comment

menu
menu