Home / Blogs / बीएस६ रोयल इन्फिल्ड क्लासिक ३५० सार्वजनिक
  • Latest Bikes
  • 0

बीएस६ रोयल इन्फिल्ड क्लासिक ३५० सार्वजनिक

Nepal Auto Trader

Share this News

image

रोयल इन्फिल्डको सर्वाधिक बिक्री हुने मोटरसाइकल क्लासीक ३५० बीएस ६ इन्जिनमा सार्वजनिक भएको छ । ड्युअल च्यानल एबीएसको साथमा उपलब्ध सो बाइक ड्युल च्यानल एबीएस भएको बीएस४ मोडलको भन्दा ४० देखी  ४५ हजार सम्म महँगो रहेको छ । बीएस६ इन्जिनको साथमा लन्च भएको यो कम्पनीको पहिलो बाइक हो । कम्पनीका अनुसार ३१ मार्च सम्ममा अन्य बाइक्स पनि बीएस६ कम्प्लायन्ट गरिनेछ ।

कम्पनी यो मोटरसाइकलको बुकिङसमेत लिन सुरु गरेको छ । ग्राहकले १० हजार भारतीय रुपैयाँ टोकन रकम तिरेर मोटरसाइकल बुकिङ गर्न सक्नेछन् । कम्पनीले यो मोटरसाइकल चाँडै डेलिभरी समेत दिने भएको छ । बीएस६ मोडल डिलरमा पुगिसकेको समेत कम्पनीले जनाएको छ । सो बाइकमा इलेक्ट्रोनिक फ्युल इन्जेक्सन सिस्टम समावेश गरिएको छ । बीएस४ मोडलमा काब्र्युरेटर थियो । अपडेटेड क्लासिक ३५० मा नयाँ रङ स्टील्थ ब्ल्याक र क्रोम ब्ल्याक रहेको छ । यसको साथै पुरानो मोडलको चार कलरमा पनि उपलब्ध रहेको छ ।

यो मोटरसाइकलमा कम्पनीले ग्राफिकमा थोरै परिर्वतनका साथ बीएस ६ अनुसारको एफआई इन्जिनमा ल्याएको हो । यसका साथै ब्ल्याक अलोय ह्वील, ब्ल्याक कलर इन्जिन तथा नयाँ फ्यूल ट्याङक ब्याजका साथ सार्वजनिक गरेको हो । स्टील्थ ब्ल्याक र गनमेटल ग्रे कलरमा भएको रोयल इन्फिल्ड क्लासिक ३५० मा ट्युबलेस टायर स्ट्यान्डर्ड उपलब्ध रहेको छ । सो बाइकमा रहेको ३४६ सीसी, सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिनले १९.८ एचपीको पावर र २८ एनएमको टर्क जेनेरेट गर्छ । 

नेपाली बजारमा समेत राम्रो पर्दशन गरिरहेको यो मोटरसाइकलको बीएस ६ भर्सन आउँछ वा आउँदैन भन्ने विषयमा केही जानकारी प्राप्त भएको छैन । यदि उक्त मोडल नेपाली बजारमा बिक्री हुने हो भने अहिले ६ लाखमा बिक्री भइरहेकोमा करिब ४५ हजार रुपैयाँ सम्मले मूल्य बढ्ने अनुमान गर्न सकिन्छ । कम्पनीले बीएस६ मोडलको इन्जिनको आउटपुटको बारेमा केही जानकारी दिएको छैन । कम्पनीका अनुसार इलेक्ट्रोनिक फ्युल इन्जेक्सन सिस्टम इन्जिनको रिफाइनमेन्ट, ड्राइभेबिलिटी र चिसोमा स्टार्ट गर्न सजिलोको लागि क्षमता वृद्धि गर्न मदत गरिनेछ ।

Our latest comments