Home / Blogs / ई–प्लुटो ७जी इलेक्ट्रिक स्कुटर नेपाली बजारमा सार्वजनिक
  • Latest Bikes
  • 0

ई–प्लुटो ७जी इलेक्ट्रिक स्कुटर नेपाली बजारमा सार्वजनिक

Nepal Auto Trader

Share this News

image

निकै प्रख्यात विद्युतीय गाडी कम्पनी प्युअर ईभीले आफ्नो नयाँ मोडल ई–प्लुटो ७जी स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ । इन्टरनेसनल सेन्टर अफ अटोमोटिभ टेक्नोलोजी (आईसीएटी) बाट मान्यता प्राप्त प्युअर ईभीले आउँदो सन् २०२२ सम्म नेपालको करिब १० प्रतिशत बजार ओगट्ने विश्वास गरेको बताएको छ । नेपाली बजारको लागि सो इलेक्ट्रिक स्कुटर उत्तम हुने कम्पनीको आशा रहेको छ । कम्पनीका अनुसार प्युअर ईभी इलेक्ट्रीकल्स स्कुटरहरुको बजार विस्तार आक्रामक रहनुको साथै सर्भिस स्टेसन तथा स्पेयर पार्ट्सको पनि सहज व्यवस्था गरिनेछ ।


प्युअर ईभीको ई–प्लुटो ७जी मोेडलको अधिकतम गति ६० किमी प्रतिघण्टा रहेकोे छ भने साथ साथै यसमा २.५ किलोवाट आवर क्षमता भएको पोरटेबल लिथियम आयोन ब्याट्री रहेकोे छ जसले एक पटकको चार्जमा १०० किमी सम्मको यात्रा गर्न सकिन्छ भने यसको ब्याट्रीमा ४० हजार किमी सम्म वारेन्टी रहेको छ । ई–प्लुटो ७जीको ब्याट्री र डिजाइन नेपाली बाटो सुहाउँदो रहेको बताइएको छ । नेपाली बजारमा ह्वाइट लोटस मोटर्सले प्युअर ईभीको आधिकारिक वितरकको रुपमा कार्य गर्नेछ । नेपालका अन्य शहरहरुमा पनि सो इलेक्ट्रिक स्कुटर उपलब्ध हुने छ । 


नेपालका लागि प्युअर ईभीका सीईओ रोहित भादेराले ह्वाइट लोटस मोटर्ससँग सहकार्य गर्न पाउँदा निकै खुसी लागेको बताउदै आगामी दिनहरुमा आफ्नो नयाँ मोडलहरु नेपाली बजारमा ल्याउने बताए । उनले आगामी दिनमा दक्षिण एसिया, दक्षिण पूर्वी एसिया र पूर्वी अफ्रिकाका देशहरुमा पनि बजार विस्तारित गर्ने बताए । ह्वाइट लोटस मोटर्स, नेपालका कार्यकारी अध्यक्ष अशोक खड्गीले प्युअर ईभीसँगको सहकार्यमा विश्व स्तरीय इलेक्ट्रिक टु ह्विलर नेपाली उपभोक्तालाई उपलब्ध गर्न पाउँदा आफूहरु धेरै खुसी भएको बताए । उनले प्युअर ईभीका मोडलहरु नेपालको बाटो सुहाउँदो र नेपाली उपभोक्ताको रोजाई अनुसार रहेको बताए । उनले आफ्ना उपभोक्तालाई गुणस्तरीय वर्कसप र बिक्री पछिको सेवा पनि उपलब्ध गराइने बताए ।

Our latest comments