Home / Blogs / रिभोल्ट आरभी ४०० एकपटकको चार्जमा १५६ किलोमिटर चल्ने
  • Latest Bikes
  • 0

रिभोल्ट आरभी ४०० एकपटकको चार्जमा १५६ किलोमिटर चल्ने

Nepal Auto Trader

Share this News

image

रिभोल्टले एआई आधारित पहिलो बिद्युतीय मोटरसाइकल ‘रिभोल्ट आरभी ४००’ भारतमा सार्वजनिक गरेको छ। 

म्याप गाइड, बाइक लोकेसन लगायतका डिजिटल फिचर्स यसमा उपलब्ध छन्। साथै यसमा ब्याट्री चार्जका लागि नजिकको चार्जिङ स्टेसन सम्बन्धी जानकारी पाउन सकिने छ।

बाटोमा ब्याट्री सकियो भने पनि आफू भएको लोकेसनमा ब्याट्री मगाउन सकिने लगायतका आकर्षक फिचर्स यो मोटरसाइकलमा रहेका छन्। एकचोटी चार्ज गरेको मोटरसाइकल १ सय ५६ किलोमिटरसम्म चल्ने कम्पनीको दाबी छ।

ब्लुटुथको माध्यमबाट बाइक ‘स्टार्ट’, ‘स्टप’ गर्न सकिने कम्पनीको भनाइ छ।

साथै यसमा बाइक भएको लोकेसन समेत शियर गर्नसकिने छ। ब्याट्री परिवर्तनका लागि अनलाइन भुक्तानी गर्नसकिने ब्यवस्था समेत यसमा राखिएको छ।

बाइकमा एम्बेडेड ४जी एलइटी सिम दिइएको छ जसले बाइकमा भएका इन्टरनेटबाट चल्ने फिचर्सलाई चलाउन सहयोग गर्नेछ।

यो १२५ सिसी बाइक भारतको हरियाणामा बनाइएको हो। बाइकको मूल्य १ लाख २० हजार भारतीय रुपैयाँ रहेको छ। हामीलाई सेतोपाटी संवाददाता  मार्फत जानकारी प्राप्त भएको छ ।


Our latest comments