Home / Blogs / जर्मनीमा ‘इलेक्ट्रोनिक एयर ट्याक्सी’को सफल परीक्षण

जर्मनीमा ‘इलेक्ट्रोनिक एयर ट्याक्सी’को सफल परीक्षण

Nepal Auto Trader

Share this News

image

ब्यस्त सहरहरुमा ट्राफिक जाम एउटा ठूलो समस्या बनेको छ।

धेरै समय ट्राफिक जाममा बस्दै जान्छ। यो समस्याबाट बच्नका लागि विश्वका धेरै कम्पनीहरु एयर ट्याक्सीको संभावना अध्ययन गरिरहेका छन्।

हाल जर्मनीमा एक ५ सिट क्षमता भएको ‘इलेक्ट्रोनिक एयर ट्याक्सी’को सफल परीक्षा गरिएको छ। जर्मनीको ‘एयर ट्याक्सी स्टार्ट अप कम्पनी’ ‘लिलियम’ले इलेक्ट्रोनिक एयर ट्याक्सीको परीक्षण गरेको छ।

यसमा ३६ इलेक्ट्रोनिक जेड इन्जन छन्। जसले ट्याक्सी हेलिकेप्टर जसरी ‘टेक अफ’ र ‘ल्यान्ड’ गर्छ। यो क्याक्सीको टप स्पिड ३ सय किलोमिटर प्रतिघण्टा रहेको छ।

एकचोटी फूल चार्ज भएपछि यो ३ सय किलोमिटर प्रतिघण्टाको गतिमा जानेगर्छ। अर्थात यसले ३ सय किलोमिटर प्रतिघण्टाको दूरी तय गर्छ।

यो इलेक्ट्रिक ट्याक्सीको डिजाइन सामान्य तरिकाले गरिएको छ। यसमा टेल, गियरबक्स, प्रोपेलर्स र रडरको प्रयोग गरिएको छैन्।

यो ट्याक्सीलाई पाइलट वा ड्रोन मोडमा अपरेट गर्नसकिन्छ। यसमा पेनारोमिक विन्डो, गलविंग डोर जस्ता यात्रुमैत्री फिचर्स दिइएको छ। यो ट्याक्सीले ग्राहकको आवस्यक्ता अनुसार छोटो दूरीमा उडान भर्नसक्ने छ।  हामीलाई सेतोपाटी संवाददाता  मार्फत जानकारी प्राप्त भएको छ ।

Our latest comments