Home / Blogs / टाटा ‘एनआरजी’ नेपालमा, अब्बल फिचर्स सहत्

टाटा ‘एनआरजी’ नेपालमा, अब्बल फिचर्स सहत्

Nepal Auto Trader

Share this News

image

 सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर साधनमा सबैभन्दा नयाँ उत्पादन टाटा ‘एनआरजी’ सार्वजनिक गरेको छ। १.२ लिटरको रिभोट्रोन पेट्रोल इन्जिन रहेको टाटाको एनआरजी ५ स्पिडको म्यानुअल ट्रान्समिसनमा उपलब्ध हुनेछ।

यो मालाबार सिल्भर, क्यानयोन अरेन्ज र फुजी ह्वाइट गरी तिनवटा रङ्गहरुमा उपलब्ध छ भने यसमा कालो छ तर रूप रेल पनि हुने कम्पनीले जनाएको छ। कम्पनीले यसको सुरुवाती मूल्य २९ लाख ५५ हजार कायम गरेको छ।

एक्सटेरियरमा अगाडिको डिजाइन निकै आकर्षक बनाएको छ। पछाडिको टेलगेट र कडा स्किडप्लेटमा मस्कुलर फिनिसर दिएको छ। यसमा रहेको ड्युल टोन – ४–स्पोक डुरएलोय चक्काहरूले यसलाई स्पोर्टी लुुक्स दिएको छ। यसको रूफ रेलसँग इन्फिनिटी ब्ल्याक रूफले ‘एनआरजी’लाई आकर्षक बनाएको छ। 

एनआरजीमा क्यानोयन अरेन्ज हाइलाईट्ससँग कालो इन्टेरियरले आकर्षक बनाएको छ। आरामदायी यात्राको लागि यसमा बडिलाई समेट्ने अद्वितीय डेनिम प्रेरित फेब्रिक भएको बोल्स्टेर्स सिटहरू समावेस गरिएको छ। कम्पनीले यसमा कुल्ड ग्लोभ बक्स राखेको छ भने २४२ लिटर स्पेस भएको बुट समेत रहेको छ।

यसको १८० एमएम ग्राउन्ड क्लियरेन्सले यसलाई नेपालको बाटो सुहाउँदो बनाएको कम्पनीको दावी छ। कम्पनीले अप्ठेरो सडकका लागि विशेष रूपमा बनाइएको सस्पेन्सन प्रयोग गरेको छ। त्यस्तै यसमा इन्टेलिजेन्ट इलेक्ट्रिक पावर स्टेरिङ प्रणाली छ।

सुरक्षाको लागि यसमा डुयल फ्रन्ट एयरब्याग, इबीडी र कर्नर स्टेबिलिटि कन्ट्रोल भएको एबीएस, पछाडिको पार्किङ सहायता, बलियो बडि र क्याबिन, पछाडिको स्मार्ट वाइपर, फलो–मी–होम बत्तीहरू, मापदण्डको रूपमा ड्राइभर सिटबेल्ट स्मारक लगायत रहेको छ।

अप्ठेरो सडकमा पनि राम्रोसँग गुड्न सक्ने कारको उच्च क्षमताले उभोक्तालाइ आकर्षण गर्ने र नयाँ ग्राहकहरूलाई समेट्नका लागि बाटो खुला गर्ने छ ।

एनआरजीलाई ग्राहकले निकै मनपराउने सिप्रदी ट्रेडिंगका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले दावी गरे। ‘बेजोड डिजाइन र प्रविधी रहेको यो एसयूभी प्रेरित साधनलाई हाम्रा ग्राहकहरूले धेरै मन पराउनु हुनेछ यसले हाम्रो बजार हिस्सा बढाउन सहयोग गर्नेमा हामी ढुक्क छौं’ श्रेष्ठले भने। ।

यसमा हर्मनको स्मार्ट ५” टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली समावेस छ। त्यसैगरी अकस्टिक अनुभवका लागि हर्मनटीएमको ८ वटा स्पिकर प्रणाली, थ्रीडी नेभी नक्साको नेभिगेसन लगाएत फिचर्स दिएको छ । त्यस्तै यसमा मिडिया, रेडियो र फोनका लागि भ्वाइस कमान्ड समेत रहेको छ। सुचनाको लागि हामी अनलाइनखबर लाई धन्यवाद दीन चाहन्छौ ।

  • tags

Our latest comments