नाडा अटो शोमा चर्चित ब्राण्ड डुकाटीको विद्युतीय स्कुटर भित्रिएको छ। नेपालका लागि आधिकारिक वितरक दीगो ग्रुपले नाडा अटोशोमा इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले इलेक्ट्रीक स्कुटरको मूल्य ३ लाख ४८ हजार निर्धारण गरेको छ ।
विद्युतीय सवारीसाधनका लागि प्रख्यात कम्पनी सुपर सोको र डुकाटीको सहकार्यमा यो स्कुटर निर्माण भएको हो। यो स्कुटरले विद्युतीय सवारी साधनप्रतिको विश्वास बढाउने कम्पनीका बिजनेस हेड नवराज पौडेलले दाबी गरे।
सुपर सोको सीयूएक्सलाई डुकाटीले आफ्नो थेममा इलेक्ट्रिक स्कुटर निर्माण गरेको हो । कम्पनीले सीयूएक्सलाई रातो र सेतो कलरमा पूर्ण डुकाटी थेममा ग्राफिक गरेको छ । सीयूएक्स डुकाटीमा ३० एएच लिथिएम ब्याट्री दिइएको छ । यो ब्याट्री साढे ३ घन्टामा फुल चार्ज हुने कम्पनीले जनाएको छ
सुपर सोकोको सियुएक्स– डुकाटी एडिसनले २७८८ वार्ट पावर र ११५ एनएम टर्क जेनेरेट गर्छ। ६५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा गुड्न सक्ने यो स्कुटर फुल चार्जमा ७५ किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ।
यसको टप स्पीड ४१ किलोमिटर प्रति घन्टा रहेको छ । यसमा १८० एमएमको रियर तथा फ्रन्ट डिस्क दिइएको छ । सीबीएस ब्रेकिङ सिस्टम रहेको यो स्कुटर १.८ मिटरमा पुर्ण रुपमा रोकिन सक्छ ।
१४० एमएम ग्राउण्ड क्लेयरेन्स रहेको यो स्कुटरको मूल्य कम्पनीले मूल्य ३ लाख ४८ हजार निर्धारण गरेको छ। यसमा स्मार्टफोन कनेक्टीभिटी, स्क्रिन, एन्टी थिफ लगाएतका फिचर्स समावेस छन्। डुकाटीमा फुल एलइडी हेडल्याम्प, एचडी क्यामेरा, फुल डिजिटल कन्सोल, जी फोर्स सेन्सर, स्मार्ट फोन कनेक्टेड जस्ता अत्याधुनिक फिचरहरु रहेको छ ।
PREVIOUS NEWS
NEXT NEWS