Home / Blogs / सीएफमोटो १५० एनके नेपाली बजारमा सार्वजनिक
  • Latest Bikes
  • 0

सीएफमोटो १५० एनके नेपाली बजारमा सार्वजनिक

Nepal Auto Trader

Share this News

image

नेपाली बजारमा चिनियाँ मोटरसाइकल निर्माता कम्पनी सीएफ मोटोका बाइकले युवाहरुको मन जित्दै गइरहेको छ । सोही क्रममा नेपाली  बजारमा सीएफमोटो १५० एनके बाइक सार्वजनिक भएको छ । केही दिन पहिले बुकिङ खुला गरिएको सो बाइक हाल विभिन्न सोरुममा उपलब्ध भएको कम्पनीले जानएको  छ । यसले नेपाली बजारमा सीएफ मोटोको बजार हिस्सा बढ्दै गएको पुष्टी गर्छ ।


सीएफ मोटोको नेकेड स्ट्रीट फाइटर बाइक अहिले बजारमा अत्याधिक रुचाईएको बाइक हो । नेपालका लागि सीएफमोटो बाइकको आधिकारिक विक्रेताको रुपमा अन्ना इन्टरनेसनल प्रालि रहेको छ । हाल सो बाइक बुकिङका साथै टेस्ट राइड र डेलिभरीका लागि समेत उपलब्ध छ । उक्त बाइकले नेपाली बजारमा केटीएमसँग प्रतिस्पर्धा गर्ने छ । सीएफमोटो १५०एनके को मूल्य नेपाली बजारमा ३ लाख २१ हजार ५ सय रुपैयाँ तोकिएको छ ।


एनके परिवारको सबैभन्दा सानो मोटरसाइकल १५० एनके रहेको छ । यसमा १४९ सीसी सिगंल सिलिन्डर, लिक्वीड कूल्ड इएफआई इन्जिन रहेको छ । यो इन्जिनले ९००० आरपीएम १४ बीएच पावर तथा १२.२ एनएम टर्क जेनेरेट गर्छ । ६ स्पीडको ट्रान्समिसन रहेको यो बाइक १० लिटरको क्षमताको फ्यूल ट्याङ्क रहेको छ । सीएफमोटो १५०एनके बाइकमा अल डिजिटल डिस्प्ले, स्टाइलिस एलईडी डीआरएल, ईएफआई तथा ईसीयू सिष्टम र विभिन्न प्रकारका राइडिङ मोड उपलब्ध छ ।


यो मोटरसाइकलको लम्वाई २०२५ एमएम, चौडाई ७७० एमएम, उचाई १०७० एमएम र यसको ह्वीलवेस १३६० एमएमको रहेको छ । यसको बनावटको आधारमा यो मोटरसाइकल हाइवे तथा सहरी क्षेत्र दुवैका लागि उत्कृष्ट रहेको छ । आर्कषक सार्प लुक्स भएको यो बाइकमा एग्रेशिफ हेडल्याम्प, दुई पिस सिट, लो पोजिनश राइडर सिट, स्पोर्टस तथा इकोनोमी राइडीङ अप्सन, ४० किलोमिटर माइलेज जस्ता बिशेषता रहेको छ ।यस मोटरसाइकलमा सुरक्षालाई मध्यनजर गर्दै फ्रन्टमा २९२ एमएमको ट्वीन पिस्टन क्यालीपर र रियरमा २२० एमएमको सिगंल पिस्टन क्यालीपर ब्रेक दिइएको छ । १५० एनकेको फ्रन्टमा यूएसडी टेलिस्कोप फ्रर्क र रियरमा सिगंल मोनेशक रहेको छ ।





Our latest comments