Home / Blogs / आयो यामाहा R15 V-3.0 नयाँ इन्जिन बीएस ६ भेरिएन्टमा
  • Latest Bikes
  • 2

आयो यामाहा R15 V-3.0 नयाँ इन्जिन बीएस ६ भेरिएन्टमा

Nepal Auto Trader

Share this News

image

यामाहाले लोकप्रिय स्पोर्ट्स बाइक यामाहा आर १५ भी ३ को बीएस६ भेरिएन्ट लन्च गरेको छ । यामाहाको सो बाइक पावरफुल हुनुका साथै यसमा हाइटेक फिचर समावेश गरिएको छ । साथमा कम्पनीले यसमा नयाँ कलर अप्सनसमेत थप गरेको छ । नेपाली बजारमा रेगुलर मोडलको आर १५ भी ३.० को मूल्य एबीएस भर्सनको ४ लाख ५५ हजार रुपैयाँ र नन् एबीएस मोडल ४ लाख २९ हजार रुपैयाँमा रहेको छ । 

इन्जिन, ग्राफिक्स र कलरको अलवा मोटरसाइकलमा अन्य कुनै परिमार्जन नगरिएको कम्पनीले जनाएको छ । यो मोटरसाइकल म्याट ब्ल्याक, एल्लो र रेसिङ ब्ल्यु कलरमा उपलब्ध छ । मोटरसाइकललाई यामाहामा रेसिंग ब्लु कलर दिइएको छ । यसमा ट्यांकी, साइड प्यानल, फेयरिंमा मोटोजीपी ब्रेकिङ दिइएको छ ।

 यामाहा आर१५ भी३ को लम्बाई १९९० एमएम, चौडाई ७२५ एमएम, उचाई ११३५ एमएम, ग्राउण्ड क्लियरेन्स १७० एमएम, सिटको उचाई ८१५ एमएम र ह्विलबेस १३२५ एमएम रहेको छ । सो बाइकको कुल तौल १४२ किलोग्राम रहेको छ र यसमा ११ लिटरको फ्युल ट्यांकी रहेको छ ।

यसमा उपलब्ध फोर स्ट्रोक सिंगल सिलिन्डर इन्जिनले १८.६ पीएस पावरका साथै १५ एनएम टर्क उत्पादन गर्छ । ६ स्पीड म्यानुअल गियर बक्स भएको लिमिटेड एडिसनको स्टान्डर्ड विशेषता अन्तर्गत एलइडी हेडल्याम्प, एलइडी टेल लाइट, फुल डिजीटल इन्स्ट्रुमेन्ट क्लस्टर, १७ –इन्च एमआरएफ टायर तथा स्लिपर क्लच रहेको छ । मोटसाइकलको फ्रन्टमा टेलिस्कोपी फर्क र रियरमा मनोशोक दिइएको छ । ब्रेकिङ्ग ड्युटीको लागि यसको अघिल्लो पांग्रामा २८२ तथा पछिल्लो पांग्रामा २२० एमएमको डिस्क ब्रेक लगाइएको छ ।.

सो बाइकमा डिजिटल स्पिडोमिटर, डिजिटल टेकोमिटर, डिजिटल मल्टी फंक्शन डिस्प्ले, डिजिटल फ्युलगेज, एलईडी हेडलाइट, एलईडी अक्सिलियरी लाइट, सिफ्ट टाइमिङ लाइट, भीभीए इन्डिकेटर, डिजिटल क्लर्क, साइड स्ट्यान्ड इन्जिन कट अफ स्विच, ड्युअल च्यानल एबीएस जस्ता फिचर रहेको छ ।


Our latest comments

R15 V3 BS6 Model kahile Nepal Ma Lunch Hun Xa Ra Price Kati Ho

When did r15 v3 bs6 launch in nepal