Home / Blogs / रोयल इन्फिल्ड क्लासिक ३५० बीएस ६ र एबीएसमा सार्वजनिक
  • Latest Bikes
  • 0

रोयल इन्फिल्ड क्लासिक ३५० बीएस ६ र एबीएसमा सार्वजनिक

Nepal Auto Trader

Share this News

image

रोयल इन्फिल्डले बीएस ६ मापदण्डयुक्त क्लासिक ३५० बाइकलाई सिंगल च्यानल एबीएसमा सार्वजनिक गरेको छ । सो बाइक हाल प्रचलित बीएस ४ मोडल भन्दा ११ हजार भारु महंगो छ । कम्पनीले गत जनवरी महिनामा क्लासिक ३५० को बीएस ६ भर्सनलाई ड्युअल च्यानल एबीएसका साथ लन्च गरेको थियो । सिंगल च्यानल एबीएसको मूल्य यो भन्दा ८ हजार भारु कम छ । यसको अर्थ यो रोयल इन्फिल्डको सबैभन्दा सस्तो मोडलको बाइक बनेको छ ।

रोयल इन्फिल्ड क्लासिक ३५० बाइकमा ३४६ सीसीको सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन छ, जसले १९.३ पीएसको पावर र २८ एनएमको टर्क जेनेरेट गर्छ । यसमा भएको इलेक्ट्रोनिक फ्युल इन्जेक्सन सिष्टमले रिफाइनमेन्ट, ड्राइभेविलिटी र चिसोमा स्टार्ट हुने क्षमतामा सुधार ल्याउन सहयोग गर्छ । हालको इन्जिनले अझै राम्रो पर्फमेन्सका लागि पावर र टर्क डेलिभरीलाई ट्युन र अप्टिमाइज गर्नमा सहयोग गर्छ । यो बाइक पहिले भन्दा थप कलरमा समेत उपलब्ध हुने बताइएको छ ।

सो बाइकमा इलेक्ट्रोनिक फ्युल इन्जेक्सन सिस्टम समावेश गरिएको छ । बीएस४ मोडलमा काब्र्युरेटर थियो । अपडेटेड क्लासिक ३५० मा नयाँ रङ स्टील्थ ब्ल्याक र क्रोम ब्ल्याक रहेको छ । यसको साथै पुरानो मोडलको चार कलरमा पनि उपलब्ध रहेको छ । यो मोटरसाइकलमा कम्पनीले ग्राफिकमा थोरै परिर्वतनका साथ बीएस ६ अनुसारको एफआई इन्जिनमा ल्याएको हो । यसका साथै ब्ल्याक अलोय ह्वील, ब्ल्याक कलर इन्जिन तथा नयाँ फ्यूल ट्याङक ब्याजका साथ सार्वजनिक गरेको हो । स्टील्थ ब्ल्याक र गनमेटल ग्रे कलरमा भएको रोयल इन्फिल्ड क्लासिक ३५० मा ट्युबलेस टायर स्ट्यान्डर्ड उपलब्ध रहेको छ । 

नेपाली बजारमा समेत राम्रो पर्दशन गरिरहेको यो मोटरसाइकलको बीएस ६ भर्सन आउँछ वा आउँदैन भन्ने विषयमा केही जानकारी प्राप्त भएको छैन । यदि उक्त मोडल नेपाली बजारमा बिक्री हुने हो भने अहिले ६ लाखमा बिक्री भइरहेकोमा करिब ४५ हजार रुपैयाँ सम्मले मूल्य बढ्ने अनुमान गर्न सकिन्छ । कम्पनीले बीएस ६ मोडलको इन्जिनको आउटपुटको बारेमा केही जानकारी दिएको छैन । कम्पनीका अनुसार इलेक्ट्रोनिक फ्युल इन्जेक्सन सिस्टम इन्जिनको रिफाइनमेन्ट, ड्राइभेबिलिटी र चिसोमा स्टार्ट गर्न सजिलोको लागि क्षमता वृद्धि गर्न मदत गरिनेछ ।


Our latest comments