निसान किक्स बीएस ६ भर्सनमा सार्वजनिक

निसानले बजारमा अपडेटेड निसान किक्स् एसयूभी सार्वजनिक गरेको छ । बीएस६ किक्स ७ भेरिएन्ट र २ पेट्रोल इन्जिनको विकल्पमा उपलब्ध रहेको छ । यसको डिजेल इन्जिन बन्द गरिएको छ । अपडेटेड निसान किक्स हुन्डाई क्रेटा किया सेल्टोससँग प्रतिस्पर्धा गर्नेछ । सो एसयूभीको म्यानुअल गियरबक्सको साथमा १.५ लिटर इन्जिनको माइलेज १३.९ किलोमिटर प्रति लिटर रहेको छ । १.३ लिटर टर्बाे इन्जिनको माइलेज १५.८ किलोमिटर प्रति लिटर रहेको छ ।

अपडेटेड निसान किक्समा बीएस६ कम्प्लयान्ट १.५ लिटर नेचुरली एस्परेटेड पेट्रोल इन्जिन र पावरफुल १.३ लिटर टर्बाे पेट्रोल इन्जिनको विकल्प रहेको छ । १.५ लिटर भएको इन्जिनले १०५ बीएचपीको पावर र १४२ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ५ स्पिड म्यानुअल गियरबक्स समावेश गरिएको छ । नयाँ १.३ लिटर टर्बाे पेट्रोल इन्जिनले १५४ बीएचपीको पावर र २५४ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ६ स्पिड म्यानुअल र ८ स्टेप सीभीटी अटोमेटिक गियरबक्सको विकल्प रहेको छ ।

बीएस६ निसान किक्सको फ्रन्टमा भी शेप ग्रिल, स्लिक एलईडी हेडल्याम्प, फ्रन्ट बम्परमा फक स्किड प्लेटस समावेश गरेको छ । यसमा १७ इन्च अलोय ह्वील, बुमेरेङ शेप टेलल्याम्प र रुफ रेल्सको साथ उपलब्ध रहेको छ । बीएस६ किक्स एसयूभी ब्लेड सिल्भर, नाइट शेड, ब्रान्ज ग्रे, फायर रेड, पर्ल ह्वाइट र डीप ब्लु पर्ल रङमा उपलब्ध रहेको छ । सो बाहेक, एसयूभी ३ ड्युअल टोन कलर अम्बर ओरेंजको साथ ब्रान्ज ग्रे, ब्लेकको साथ फायर रेड र ब्लेकको साथ पर्ल व्हाइटमा उपलब्ध रहेको छ ।

यसको इन्टेरियर पनि पहिलाको जस्तो हुनेछ । यसमा एन्ड्रोइड अटो, एपल कारप्ले र भ्वाइस रिकग्निसन सिस्टमको साथ ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम समावेश रहेको छ । यसको साथै एसयूभीमा क्रुज कन्ट्रोल, अटोमेटिक एसी, रिमोट इन्जिन स्टार्ट, आइडल स्टार्ट स्टप सिस्टम, रेन सेन्सिङ वाइपर्स र अटोमेटिक हेडल्याम्प जस्ता फिचर रहेको छ । निसान किक्समा ४ एयरब्याग, एबीएस, ईबीडी, इलेक्ट्रोनिक स्टेविलिटी कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल, हिल स्टार्ट असिस्ट, स्पिड अलर्ट सिस्टम र ३६० डिग्री भ्यूको साथमा रिभर्स क्यामेरा जस्ता फिचर रहेको छ ।



Share Page

0 Comments

Write a comment

menu
menu