Home / Blogs / टीभीएसले ल्यायो नयाँ बीएस ६ स्कुटर जुपिटर
  • Latest Bikes
  • 0

टीभीएसले ल्यायो नयाँ बीएस ६ स्कुटर जुपिटर

Nepal Auto Trader

Share this News

image

टीभीएसले जुपिटर स्कुटरको नयाँ बीएस६ भर्सन लन्च गरेको छ । भारतीय प्रदुषण मापदण्ड बिएस ६ अनुसारको इन्जिनमा आएको जुपिटर निकै आकर्षक र स्टाइलिस समेत देखिएको छ । कम्पनीले जुपिटर स्कुटर बीएस६ स्कुटर नयाँ टेक्नोलोजी ईटी–एफआई र आरटी–एफआईमा विकास गरेको छ । 

एफआई इन्जिनको साथ आएको जुपिटरले रेगुलर मोडल बिएस ४ को तुलनामा १५ प्रतिशत बढी माइलेज दिने कम्पनीले दाबी गरेको छ । विभिन्न तीन भेरियन्टमा उपलब्ध जुपिटर बेस, जेडएक्स र ग्रान्ड भेरियन्टमा उपलब्ध रहने छ । कम्पनीले यसमा अन्य कस्मेटिक परिमार्जन भने गरेको छैन । तर, नयाँ कलर अप्सनभने उपलब्ध गराएको जनाएको छ । 

नयाँ अपडेट भएको जुपिटर जेडएक्स एलइडी हेडलाइट, एक सेमी डिजिटल इन्स्टुमेन्ट कंसोल र एक एड्जस्टेबल रियल मोनोसका साथमा सार्वजनिक भएको कम्पनीले जनाएको छ। यो सबै बिशेषता जुपिटर ग्रान्डमा पनि थिए तर ‘जुपिटर ग्रान्ड’ भन्दा ‘जुपिटर जेडएक्स’ बढी किफायति रहेको कम्पनीको दाबी छ।

नयाँ जुपिटर स्कुटरमा क्रोम बेजल्सको साथमा एलईडी हेडल्याम्प, ड्युअल कलर ३डी लोगो, फ्रन्ट फेन्डर्स र रियर भ्यु मिररमा क्रोम फिनिश, प्रिमियम मरुन कलर सिट, बेज इन्टेरियर प्यानल्स र ड्युअल टोन अलोय ह्विल रहेको छ । यसको फ्रन्टमा टेलेस्कोपिक फोर्क र रियरमा प्रिलोड एडजस्टेबल शक एब्जर्बर समावेश गरिएको छ ।

कम्पनीका अनुसार यसमा १०९.७ सिसी सिंगल सिलेन्डर, एयर कोल्ड इन्जिन दिइएको छ। यसमा ८ बिपिएच र ८.४ एनएम टर्क जेनेरेट हुन्छ। ब्रेक लगाउँदा यसमा अगाडिको चक्काका लागि २२० एमएम डिस्क रहेको छ। सो स्कुटरको फ्रन्टमा डिस्क ब्रेक र रियरमा ड्रम ब्रेक रहेको छ । सो स्कुटर सीबीएस समावेश रहेको छ ।

Our latest comments