बीएमडब्ल्यू एडभेञ्चर बाइक जि ३१० जीएस सार्वजनिक हुने

बीएमडब्ल्यू इन्डियाले भारतीय बजारमा उत्पादन गरेको ‘जि ३१० जिएस’को फेसलिफ्ट मोडल ल्याउने तयारी गरेको छ । कम्पनीले २०१९  मा भारतमा टीभीएससँगको सहकार्यमा यो मोटरसाइकलको उत्पादन सुरु गएको थियो ।

मिडिया रिपोर्टको अनुसार अब कम्पनीले ल्याउने फेसलिफ्ट मोडलमा एलइडी हेडलाईट रहने उल्लेख छ । अहिले बजारमा बिक्री भइरहेको जि ३१० जिएसमा हेलोजिन हेडलाईट रहेको छ । कम्पनीले भारतमा बनाएको यो बीएमडब्ल्यूको सबैभन्दा सानो एडभेञ्चर मोडल हो । यसमा कम्पनीले उच्च गुणस्तरको पार्टसहरुको प्रयोग गरेको जनाएको छ ।

यसको साथै पहिलेभन्दा बढी स्पोर्टी देखाउन न्यारो ब्रेक र बडी प्यानललाई रिडिजाइन गरेको छ । कम्पनीले यसमा बीएस ६ मापदण्डको इन्जिन दिएर ल्याउने तयारी गरेको छ । यसमा ३१३ सीसी क्षमताको इन्जिन रहने छ । नयाँ इन्जिनको पावरको विषयमा कुनै जानकारी प्राप्त भएको छैन । अहिले नेपाली बजारमा पनि बिक्री भइरहेको जि ३१० जीएसमा रहेको इन्जिनले ३४ पीएस पावर र २८ एनएम टर्क प्रदान गर्छ ।

Share Page

0 Comments

Write a comment

menu
menu