Home / Blogs / बीएमडब्ल्युले विद्युतीय बाइकमा ल्याउदै छ वायरलेस चार्जिङ
  • Auto News and Updates
  • 0

बीएमडब्ल्युले विद्युतीय बाइकमा ल्याउदै छ वायरलेस चार्जिङ

Nepal Auto Trader

Share this News

image

विद्युतीय सवारी भविष्यको सम्भावना भए पनि यसको चार्जिङ सुविधाका लागि विभिन्न अप्ठेराहरु विद्यमान छन् । यही समस्याको समाधानका लागि बीएमडब्ल्युले नयाँ धारणा वायरलेस चार्जिङ लिएर आएको छ ।

बीएमडब्ल्युले ल्याउने आगामी इलेक्ट्रिक बाइकका लागि वायरलेस चार्जिङ सुविधा उपलब्ध हुनेछ । बेनेट्स डटको डटयुकेमा प्रकाशित एक तस्बिरका आधारमा बीएमडब्ल्युले वायरलेस चार्जिङका लागि पेटेन्ट दर्ता प्रक्रिया अपनाइरहेको छ ।

कम्पनीको वायरलेस चार्जिङ सिष्टममा बाइकको साइड स्ट्यान्ड एक चार्जिङ प्याडमा राखिएको छ । सो प्याड जमिनमा छ । यसरी राख्दा बाइकको ब्याट्री स्वचालित रुपमा चार्ज हुनेछ ।

तस्बिरका आधारमा राइडरले चार्जिङ केबुल वा अन्य कुनै सेटअप प्रयोग गर्नु पर्ने बाध्यता देखिदैन । त्यसैगरी चार्जिङका लागि ब्याट्री निकाल्नु पर्ने वा अन्य कुनै झन्झट पनि हुँदैन ।

यस प्रकारको चार्जिङ सुविधा आगामी दिनमा प्रयोगमा आउने र एकै पटक धेरै बाइक पनि चार्ज गर्न सकिने अनुमान गरिएको छ ।

Our latest comments