Home / Blogs / विद्युतीय गाडी बनाउने बिएमडब्लुको घोषणा
  • Upcoming Cars
  • 0

विद्युतीय गाडी बनाउने बिएमडब्लुको घोषणा

Nepal Auto Trader

Share this News

image

डिजेल–पेट्रोल गाडीले फाल्ने धुवाँले नकारात्मक असर पारेपछि संसारभरि विद्युतीय गाडीको प्रयोग बढ्दो छ। अग्रणी अटोमोबाइल कम्पनीहरूले सन् २०३० पछि साबिकको पेट्रोल–डिजेल गाडी उत्पादन बन्द गर्ने घोषणा गरिसकेका छन्। जमर्नीको प्रख्यात अटोमोवाइल कम्पनी बिएमडब्लुले २०२१ सम्म विद्युतीय गाडी सार्वजनिक गर्ने भएको छ।

मिडियामा प्रकाशित समाचारहरुका अनुसार कम्पनीले बिएमडब्लु आई १ बजारमा ल्याउन लागेको हो। कम्पनीले यो गाडी सुरुवाती वर्ग (इन्ट्री लेभल) लाई लक्षित गर्दै ल्याउन लागेको जानकारी दिएको छ।

अटो एक्सप्रेस यूके अनुसार कम्पनीले कम्पनीले यसका लागि तिब्र गतिमा काम गरिरहेको छ। यो गाडी पुरानो मोडलको गाडीको ह्याचब्याक हुनेछ। यसको विस्तृत जानकारी भने सार्वजनिक भैसकेको छैन।

यसबीच बेलायत र फ्रान्सले सन् २०४० देखि पेट्रोल-डिजेल गाडी बिक्रीमा रोक लगाउँदै छन्। नर्वेमा २०२५ बाटै यो प्रतिबन्ध लाग्नेछ। भारतले पनि २०३० बाट बिक्री हुने हरेक सवारी साधन विद्युतीय हुनुपर्ने नीति लिइसकेको छ।

यसबाहेक अस्ट्रेलिया, डेनमार्क, आयरल्यान्ड, जापान, नेदरल्यान्ड, पोर्चुगल, दक्षिण कोरिया, स्पेन, अमेरिका, चीन लगायत देश पनि यही मार्गमा हिँड्ने तयारी गरिरहेका छन्। 

त्यस्तै बिएमडब्लु, टोयोटा, फियाट, किया, मर्सि्डिज बेन्ज, टोयोटा, होन्डा, रेनो, निसान, फक्सवागन, मित्सुबिसी र सेब्रोले जस्ता चर्चित अटोमोबाइल कम्पनीहरु पनि विद्युतिय सवारी बनाउनमा तल्लिन छन्।  हामीलाई सेतोपाटी संवाददाता मार्फत जानकारी प्राप्त भएको छ 

Our latest comments