नेपाली स्कुटर
बजारमा नयाँ ब्रान्डको प्रवेश भएको छ । बेलायती स्कोम्याडी स्कुटर नेपाली बजारमा
भित्रिएको हो ।
आभाष इन्टरनेशनलले बेलायती स्कोम्याडी स्कुटर
नेपालमा बिक्री सुरु गरेको छ । कम्पनीका अनुसार स्कोम्याडी नेपालमा पाइने एकमात्र
बेलायती स्कुटर हो । यो स्कुटर १२५ सिसी इञ्जिन क्षमतामा उपलब्ध छ ।
स्कोम्याडी
स्कुटरको सबैभन्दा आकर्षक पक्ष यसमा रहेको फ्युल ट्यांक हो । यसमा बाइकको जत्रै ११
लिटर क्षमताको फ्युल ट्यांकी रहेको छ । जसले गर्दा लामो यात्रा गर्न सहजता हुनेछ ।
अहिले नेपाली बजारमा उपलब्ध स्कुटरमा ४ देखि ६ लिटर इन्धन अटाउँछ ।
स्कोम्याडी स्कुटर
विभिन्न ७ कलरमा उपलब्ध छ । आकर्षक डिजाइन्मा रहेको यो स्कुटरले नेपाली ग्राहकको
मन जित्ने कम्पनीको विश्वास छ । कम्पनीका अनुसार यो स्कुटर अरु प्रतिस्पर्धी
स्कुटर भन्दा केही फरक रहेको छ ।
अहिले यो स्कुटर महाराजगञ्जमा राखिएको छ । छिट्टै
पोखरामा शाखा विस्तार गर्ने कम्पनीले जनाएको छ । विस्तारै देशका मुख्य शहरमा
स्कोम्याडी स्कुटर पुर्याउने कम्पनीको लक्ष्य छ ।
यो स्कुटरमा फाइनान्सको समेत सुविधा उपलब्ध छ । ग्राहकले महिनावारी पाँच हजार तिरेर यो स्कुटर खरिद गर्न सक्ने बताइएको छ । हामीलाई अन्लाईन खबर मार्फत जानकारी प्राप्त भएको छ ।
PREVIOUS NEWS
NEXT NEWS