Home / Blogs / पौने २ लाखदेखि २२ लाखसम्मको होण्डा बाइक

पौने २ लाखदेखि २२ लाखसम्मको होण्डा बाइक

Nepal Auto Trader

Share this News

image

होण्डा नेपालीले सर्वाधिक रुचाएको ब्रान्ड हो । आकर्षक डिजाइन, उच्च रिसेल भेल्यू, उत्कृष्ट माइलेज लगायतका विशेषताले होण्डा मोटरसाइकल नेपालमा नम्बर वान बनेको छ । होण्डाको १ लाख ७२ हजार ९ सय रुपैयाँ पर्ने डियो स्कुटरदेखि २२ लाख रुपैयाँ पर्ने सिबिआर ६०० आरआर स्पोर्टस् बाइकसम्म नेपालमा पाईन्छ ।  डिओ स्कुटर नेपालमा सर्वाधिक रुचाइएको स्कुटर हो। यस्ता छन् होण्डा बाइक 


सिबिआर ६०० आरआर:

होण्डाको  सबैभन्दा महंगो बाइक सीबीआर ६०० आरआर हो । यसको मूल्य २२ लाख रुपैयाँ रहेको छ । ६ सय सीसीको यस पि्रमिय बाइकले नेपाली सडकमा प्रतिलिटर १५ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ ।


सिबिआर २५०:

स्पोर्टी बाइक सिबिआर २५० मोडलको मूल्य ५ लाख १५ हजार रुपैयाँ तोकिएको छ । मध्यम खालको स्पोर्टी बाइक खोज्नेले होण्डाको यो मोडल खोज्ने गर्छन । यो बाइकले काठमाडौंको सडकमा २५ किलोमिटर माइलेज दिने बताइएको छ ।


 एक्सआर १५० एल: 

एक्सआर १५० एल होण्डाको डट बाइक हो । अफरोडमा चलाउन यो बाइक उत्कृष्ट रहेको छ । यो बाइक कच्ची सडकमा लङ ड्राइभका लागि उपयुक्त रहेको कम्पनीको भनाई छ । १५० सीसीको यो बाइकको मूल्य ४ लाख ७० हजार रुपैयाँ तोकिएको छ । भीआरको प्रतिस्पर्धी यो बाइक नेपालीमाझ लोकप्रिय रहेको छ ।


होर्नेट १६० सिबी :

स्पोर्टी बाइक होर्नेट १६० सिबी मोडलको मूल्य २ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।  मध्यम खालको स्पोर्टी बाइक खोज्नेले होण्डाको यो मोडल खोज्ने गर्छन । यो बाइकले काठमाडौंको सडकमा ३५ किलोमिटर माइलेज दिने बताइएको छ  ।


होण्डा एक्क्स बीलेडे:

स्पोर्टी बाइक एक्क्स बीलेडे १६०  मोडलको मूल्य २ लाख 8५ हजार रुपैयाँ तोकिएको छ ।  मध्यम खालको स्पोर्टी बाइक खोज्नेले होण्डाको यो मोडल खोज्ने गर्छन । यो बाइकले काठमाडौंको सडकमा ४० किलोमिटर माइलेज दिने बताइएको छ । 


डियो स्कूटीः 

नेपाली स्कुटर बजारमा सर्वाधिक चर्चित मान्छि होण्डा डिओ । पछिल्लो समय नेपाली महिलाको पहिलो रोजाइमा डिओ परेको छ । महिलामात्र होइन पुरुषहरु पनि डिओ स्कुटरमा हुँइकिएको देख्न पाइन्छ । १०९ सीसीको डिओको मूल्य १ लाख ९४ हजार ९ सय रहेको छ । यसले प्रतिलिटर ४५ किलोमिटरसम्म माइलेज दिने कम्पनीको दाबी छ ।


 होण्डा युनिकर्नः

होण्डाले युनिकर्न १६० सीसीमा नेपाली बजारमा ल्याएको छ । युनिकर्न होण्डाको सर्वाधिक रुचाइएको मोडल हो । यसअघि युनिकर्न १५० सीसीमा उपलब्ध थियो । अहिले पनि १५० सीसीको युनिकर्न उपलब्ध छ । आकर्षक डिजाइन, पावरफुल इञ्जिनका साथ भित्रिएको नयाँ युनिकर्न १६० लाई पनि ग्राहकले रुचाएको कम्पनीले बताएको छ । युनिकर्न १६० को मूल्य २ लाख ४१ हजार ९ सय रुपैयाँ रहेको छ । 


होण्डा ट्रिगर:

सिबी ट्रिगर पनि नयाँ डिजाइनमा आएको छ । १४९ सीसीको ट्रिगरको मूल्य २ लाख ४९ हजार ९ सय रुपैयाँ रहेको छ । 


 होण्डा साइनः 

साइन अफिसियल कर्मचारीदेखि युवा पुस्तासम्मले रुचाएको बाइक हो । आकर्षक डिजाइन, उच्च माइलेज, चलाउन सजिलो, उच्च रिसेल भेल्यू लगायतका कारण साइन नेपाली सडकमा सर्वाधिक बढी गुड्ने बाइकमा पर्छ । १२४ सीसीको साइन होण्डाको पनि सबैभन्दा बढी बिक्री हुने बाइक हो । यो डिस ब्रेक भएको र नभएको दुई अप्सनमा उपलब्ध छ । डिस ब्रेक भएको साइनको मूल्य २ लाख २५ हजार ९ सय रुपैयाँ रहेको छ भने डिस ब्रेक नभएको साइनको मूल्य २ लाख 12 हजार रुपैयाँ पर्छ ।




  • tags

Our latest comments