Home / Blogs / नेपालमै बन्न थालेपछि बजाज डोमिनारको मूल्य घट्यो
  • Auto News and Updates
  • 0

नेपालमै बन्न थालेपछि बजाज डोमिनारको मूल्य घट्यो

Nepal Auto Trader

Share this News

image

बजाज मोटरसाइकलको नेपालको लागि आधिकारी वितरण एचएच बजाजले नेपालमा मोटरसाइकल एसेम्वल गर्दै आएको छ । नवलपरासीमा रहेको कम्पनीको प्लान्टमा निर्माण भएको बजाज डोमिनार भारतबाट आयात हुँदाभन्दा सस्तो मूल्यमा कम्पनीले बिक्री गर्नेगरि मूल्य सार्वजनिक गरेको छ । यसको बिक्री भने अबको १५ दिनपछि शुरु हुने कम्पनीले जनाएको छ ।

यसअघि भारतीय बजारबाट आयात भइरहेको यो मोटरसाइकल केही समयको लागि बन्द समेत भएको थियो । भारतमा नै नयाँ प्रोडक्सन भएको यो मोटरसाइकल नेपालमा त्यही अनुरुप एसेम्वल गरेर बजारमा आउन लागेको कम्पनीले जनाएको छ । सरकारले धेरै सीसीका मोटरसाइकलमा गरेको कडाई पश्चात डोमिनारको मूल्य वृद्धि भएर ५ लाख ८९ हजार ९ सय रुपैयाँमा बिक्री भएको थियो । 

हाल मेरोअटोलाई कम्पनी स्रोतले उपलब्ध गराएको नयाँ मूल्य सूचीअनुसार बजाज डोमिनारको मूल्य ५ लाख २९ हजार ९ सय रुपैयाँ तोकिएको छ । पहिलाको तुलनामा नयाँ डोमिनारको मूल्य ६० हजारले सस्तो भएको हो । परिमाजर्न भएर आएको बजाज डोमिनार ४०० मा ३७३.३ सीसी ट्रिपल स्पार्क, ४ भल्भ, डीटीएस–आई, लिक्वीड कूल्ड, एफआई इन्जिन छ । यो इन्जिनले ८००० आरपीएममा ३६ बीएच पावर र ६५०० आरपीएममा ३५ एनएम टर्क जेनेरेट गर्छ ।

डोमिनारको टप स्पीड क्षमता १४८ किलोमिटर रहेको छ । यसको फ्रन्टमा ४३ एमएम ट्राझलिङ टेलिस्कोप फर्क र रियरमा मोनोशक रहेको छ । ६ स्पीडको गियरबक्स रहेको यो मोटरसाइकलमा १५७ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसमा सुरक्षा फिचरको रुपमा डबल च्यानल एबिएससहित फ्रन्टमा ३२० एमएम र रियरमा २३० एमएमको डिस्क ब्रेक उपलब्ध छ ।



Our latest comments