नेपाली बजारमा बजाजका मोटरसाइकल निकै लोकप्रिय छन । बजाजले विभिन्न आर्थिकस्तर भएका ग्राहकलाई मध्यनजर गर्दै धेरै प्रकारका मोटरसाइकलहरु नेपाली बजारमा सार्वजनिक गर्दै आएको छ । बजाजले नयाँ मोटरसाइकल आगामी सेप्टेम्वर महिनामा बजारमा ल्याउने पनि भएको छ । भर्खरै मात्र बजाजले आफ्ना मोटरसाइकलको नेपाली बजार मूल्य परिमार्जन गरेको छ । कम्पनीले हालै मात्रा नयाँ मूल्य सूची सार्वजनिक गरेको छ । नेपाल सरकारले मोटरसाइकलको कर वढाए सगैं बजाजले मोटरसाइकलको मूल्य बढाएको कम्पनिको दाबी छ । बजाज मोटरसाइकलको मोडलहरुको मुल्य यसप्रकार रहेको छ ।
बजाज मोटरसाइकलका परिमार्जित मूल्य:
| मोडल | नयाँ मूल्य |
| प्लाटिना १०० इएस | मूल्य रु: १,८१,९०० |
| डिस्कभर १२५ ड्रम | मूल्य रु: १,९९,९०० |
| डिस्कभर १२५ डिस्क | मूल्य रु: २,०६,९०० |
| डिस्कभर १२५ एसटी | मूल्य रु: २,१७,९०० |
| पल्सर १२५ डिस्क | मूल्य रु: २,३४,९०० |
| पल्सर १५० | मूल्य रु: २,६३,९०० |
| पल्सर १५० टिडी | मूल्य रु: २,८०,९०० |
| पल्सर १६० एनएस टिडी एबिएस | मूल्य रु: ३,०२,९०० |
| पल्सर २२० एफ एबिएस | मूल्य रु: ३,४७,९०० |
| पल्सर २०० एनएस एबिएस | मूल्य रु: ३,४९,९०० |
| पल्सर २०० एनएस एफआई एबिएस | मूल्य रु: ३,७२,९०० |
| एभेन्जर १६०स्ट्रिट एबिएस | मूल्य रु: ३,२९,९०० |
| एभेन्जर २२० क्रुज | मूल्य रु: ३,५४,९०० |
| डोमिनार २५० एबिएस | मूल्य रु: ४,९४,९०० |
| डोमिनार ४०० एबिएस | मूल्य रु: ५,६९,९०० |
PREVIOUS NEWS
NEXT NEWS