अप्रिलियाले नेपाली बजारमा ल्याउँदै १५० सीसीको बाइक

इटालियन बाइक निर्माता कम्पनी अप्रिलिया १५० सीसी सेगमेन्टको बाइक बजारमा प्रवेश गर्ने भएको छ । कम्पनीले १२५ देखि १५० सीसी सेगमेन्टको स्कुटर सेगमेन्टमा आफ्नो स्थान बनाए पश्चात अब बाइक बजारमा प्रवेश गर्ने योजना बनाएको हो ।

अहिले विभिन्न चरणको परिक्षाण चलिरहेको बाइकको अब भने अन्तिम चरणको परिक्षण भइरहेको उक्त मिडियाले दाबी गरेको छ । यसअघि कम्पनीले अप्रिलियाको मोटरसाइकल २०१८ अटो एक्स्पोमा २ मोडल जीपीआर १५० र टुनो १५० को प्रोटोटाइप प्रर्दशनी गरेको थियो । अब भने दुई वर्षपछि हुन लागेको उक्त अटो एक्स्पोमा प्रडक्सन मोडल सार्वजनिक गर्ने तयारी भइरहेको बाइकवालेले दाबी गरेको हो । 

सो बाइकमा विशेष प्रकारका फिचरहरु हुने छन्, जसले गर्दा यो हाई इन्ड मोटरसाइकलको रुपमा परिचति हुनेछ । रोचक कुरा के छ भने अप्रिलियाको १५० सीसी फेयर्ड मोटरसाइकल चीनमा जीपीआर १५० को नाममा उत्पादन र बिक्री भइरहेको छ । यही बाइक नै केही महिना पहिले भारतका केही डिलरमा समेत देखिएको थियो ।

निकै प्रिमियम फिचरको साथ आउने उक्त मोटरसाइकलले बजारमा निकै राम्रो व्यापार गर्ने अनुमान गरिएको छ । कम्पनीले दुबै चक्कामा डिस्क ब्रेक र डिउल च्यानल एबीएस सहित बजारमा उतार्ने तयारी गरेको यस बाइकले यामाहा, केटीएम, टीभीएस आदि कम्पनीका बाइकसँग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । यसमा दिइएको १५० सीसी सिंगल सिलिन्डर, लिक्वड कुल्ड इन्जिनले उच्चतम पावर १० हजार आरपीएममा १८ पीएस र ७५०० आरपीएममा १४ एनएम टर्क उत्पादन गर्छ ।


Share Page

0 Comments

Write a comment

menu
menu