Home / Blogs / यस्तो छ अप्रिलिया स्कुटरको नयाँ मुल्य; कुनको कति पर्छ?
  • Price List
  • 0

यस्तो छ अप्रिलिया स्कुटरको नयाँ मुल्य; कुनको कति पर्छ?

Nepal Auto Trader

Share this News

image

नेपाली बजारमा अप्रिलियाका विभिन्न मोडलका स्कुटरहरूको लामो समय देखी बिक्री तथा बितरण हुँदै आएको छ । नेपालका लागि अप्रिलियाको आधिकारीक बिक्रेता दुगर्ड ब्रदर एन्ड सन्सले अप्रिलियाका स्कुटरहरु नेपाली बजारमा उपलब्ध गराउदै आएको छ । कम्पनीका अनुसार अप्रिलियाले विशेष गरी युवा पुस्तालाई लोभ्याएको छ । पछिल्लो समय नेपाली बजारमा अप्रिलिया स्कुटरले निकै राम्रो सफलता हासिल गर्दै आएको छ । अप्रिलियाका स्कुटर १२५ सिसीदेखि १६० सिसी सम्म नेपालमा उपलब्ध छन ।


नेपाली बजारमा अप्रिलियाको सबैभन्दा सस्तो स्कुटर १२५ सिसीको स्ट्रोम १२५ हो भने १६० इन्जिन क्षमता भएको एसआरएक्स १६० बिएस ६ अप्रिलाको सबैभन्दा महंगो स्कुटर रहेको छ । इटालियनको उच्च प्रविधिबाट निर्मित अप्रिलिया स्कुटरले सवारलाई शक्तिशाली तथा आरामदायी राइडिङ्ग अनुभव भने अवस्य दिन्छ । अप्रिलियाको विभिन्न मोडलको नयाँ मूल्यसूची यस प्रकारको छः


अप्रिलियाको विभिन्न मोडलको मूल्यसूची :


मोडल
इन्जिन क्षमता
मूल्य
अप्रिलिया स्ट्रोम १२५
१२५ सिसी
रु. २,६३,९००
अप्रिलिया एसआर १२५
१२५ सिसी
रु. २,७०,९००
अप्रिलिया एसआर १५०
१५० सिसी
रु. ३,१९,४००
अप्रिलिया एसआर १५० रेस
१५० सिसी
रु. ३,४२,४००
अप्रिलिया एसआरएक्स १६० बिएस६
१६० सिसी
रु. ४,४४,९००


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।



Our latest comments