टीभीएसको ३१० सीसी एड्भेन्चर बाइक २०२१ मा सार्वजनिक हुने

गत वर्ष टीभीएसले अपाचे आरआर ३१० को युनिक डिजाइन सार्वजनिक गरेको थियो । हाल सो बाइकको नयाँ मोडल अनलाइनमा लिक भएको छ । फोटो अनुसार सो बाइकमा अन्य कम्पोनेन्ट पनि समावेश गरेको देख्न सकिन्छ ।

टीभीएस मोटर्सका सीईओ केएम राधाकृष्णनले सो नयाँ बाइक अर्काे वर्ष सार्वजनिक गर्ने जानकारी दिएका छन् । सो बाइकमा ३१० सीसीको इन्जिन जडान गरिएको छ । केटीएमले पनि २५० एड्भेन्चर बाइक र हिरोले एक्सप्लस ३०० बाइक ल्याउने तयारी गरिरहेका छन् । यो अवस्थामा यी तीन बाइकको प्रतिस्पर्धा हुने बताइएको छ ।

लिक भएको फोटो अनुसार सो बाइकमा अग्लो विन्डशिल्ड र बढी ग्राउन्ड क्लियरेन्स देख्न सकिन्छ । सस्पेन्सनको कुरा गर्ने हो भने सो बाइकको फ्रन्टमा यूएसडी फोर्क र रियरमा मोनोसक समावेश गरेको छ । सो बाइकको सिट पनि अलि अग्लो देखिन्छ ।

सो बाइक सिंगल डिस्कमा स्पोर्टी अलोय ह्विलको साथमा उपलब्ध रहेको छ । सो बाइकको इन्जिन अपाचे आरआर ३१० सँग लिइएको छ । यसमा डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, फरक राइडिङ मोड, स्लिपर क्लच जस्ता फिचर रहेको छ । सो बाइकको मूल्य अपाचे आरआर३१० को मूल्य भन्दा केही बढी हुने अनुमन गरिएको छ ।

Share Page

0 Comments

Write a comment

menu
menu