अक्टोवर २४ देखि सुरु हुने टोकीयो अटो सोमा ४ सिलिन्डर कावासाकी निन्जा २५० सार्वजनिक हुने भएको छ । विभिन्न अन्तर्राट्रिय मिडिया रिर्पोटका अनुसार कावासाकी निन्जा २५० तयार भैसकेको र टोकीयो अटो शोमा उक्त ४ सिलिन्डर निन्जा २५० सार्वजनिक हुने छ । नेपालमा पनि सार्वजनिक हुने छ ।
निन्जा २५० मा ४ सिलिन्डर इन्जिनका साथै फुल फेयर्ड डिजाइनमा रहेको छ ।
यो बाइक नोभेम्वर १८ देखि इन्डोनेसीयाली बजारमा समेत लन्च गर्ने तयारी रहेको बताइएको छ । यो बाइक इन्डोनेसीया जापान जस्ता बजारमा बिक्री गरिने छ भने यो बाइक भारतीय बजारमा आउने वा नआउने कुनै जानकारी नभएको जनाइएको छ ।
कावासाकी निन्जा २५० ४ सिलिन्डरको इन्जिन क्षमताको बारेमा आधिकारीक जानकारी बाहिर आएको छैन् । रेगुलर निन्जा २५० मा भने २४९ सीसी प्यारालल् ट्वीन लिक्वीड इन्जिनले ३९ हर्सपावर तथा २३.५ एनएम टर्क जेनेरेट गर्छ । यूएसडी र्फोक, राइड वाइ वायर थ्रोटल जस्ता फिचर यो बाइकमा रहेको छ । आधिकारीक जानकारीको लागि नेपाल अटो ट्रेडर् हेर्दै गर्नु होला ।
PREVIOUS NEWS
NEXT NEWS