यामाहाले ल्याउँदै २५० सीसीको नयाँ एडभेन्चर मोटरसाइकल

चर्चित दुई पाङ्ग्रे सवारी निर्माता कम्पनी यामाहाले २५० सीसी क्षमतको एडभेन्चर मोटरसाइकल निर्माण गर्ने भएको छ । हाल उपलब्ध रहेको एफजेड २५ मोडललाई आधार मानेर कम्पनीले एड्भेन्चर २५० बनाउने भएको हो ।

कम्पनीले टू ह्वीलरको प्रिमियम सेग्मेन्टमा यो मोटरसाइकललाई निर्माण गर्ने योजना बनाएको छ । साथै कम्पनीले आफ्नो एडभेन्चर मोटरसाइकल निर्माण गर्ने सहि समय आएको बताएको छ । एफजेड २५ मा आधारित यो एडभेन्चर मोटरसाइकलमा २४९ एयर कूल्ड सिगंल सिलिन्डर, २ भल्भ, एसओएचसी इन्जिन रहने भएको छ । कम्पनीले यो इन्जिन एफजेड २५ मोटरसाइकलबाट नै लिने भएको हो ।

उक्त इन्जिनले ८००० आरपीएममा २०.६ हर्सपावर तथा २० एनएम टर्क ६००० आरपीएममा जेनेरेट गर्छ । यो इन्जिनमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ । यो इन्जिन भारत स्यान्डर्ड ६ मा आधारित भएर निर्माण हुनेछ । यसको अन्य फिचरमा फुल एलइडी हेडल्याम्प, एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, रियल टाइम फ्युल इकोनोमी, एभरेज फ्यूल इकोनोमी तथा घडी जस्ता अन्य थुप्रै फिचर रहेको छ । 

अहिले उत्पादन भइरहेको यामाहा एफजेड २५ ले अपाचे आरटीआर २०० ४ भी, बजाज एनएस २००, डुक २०० जस्ता मोटरसाइकलसँग प्रतिस्पर्धा गरिरहेको छ भने, एड्भेन्चर २५० ले रोयल इन्फिल्ड हिमालयन २५० सँग प्रतिस्पर्धा गर्नेछ ।  रोयल इन्फिल्डले समेत हिमालयन २५० उत्पादन सुरु गरेको विभिन्न रिपोर्टले दाबी गरेका छन् । यस्तै केटीएमले पनि २५० सीसी एडभेन्चर मोटरसाइकल बनाउने घोषणा गरिसकेको छ । यससँगै २५० सीसी एडभेन्चरमा प्रतिस्पर्धा निकै रोचक हुने अनुमान लगाउन थालिएको छ । 

Share Page

0 Comments

Write a comment

menu
menu