सीएफमोटो एनके १५० को अपडेटेड भर्सन नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि सीएफमोटोको आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङ प्रालिले अपडेटेड एनके १५० नेपालमा भित्राएको जनाएको हो । केटीएम इन्टरनेशनलले अपडेटेड एनके १५० को बुकिङ पनि खुल्ला गरेको छ । कम्पनीले नेपाली बजारमा १२५ देखी ६५० सिसी सम्मका मोटरसाइकल आयत गरी बिक्री बितरण गर्दै आइरहेको छ । ग्राफिक्स तथा ह्वीलमा परिर्वतन भएको एनके १५० को मूल्यसमेत वृद्धि भएको छ ।
सीएफमोटो एनके १५० मा १४९ सीसी सिगंल सिलिन्डर लिक्वीड कुल्ड एफआई इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम १४ बीएच पावर तथा १२ एनएम टर्क जेनेरेट गर्दछ । सो मोटरसाइकलमा ६ स्पीडको गियरबक्स दिइएको छ । कुल १४२ केजी तौल भएको यो बाइकलाई उत्कृष्ट ब्रेकिङ सिस्टम दिइएको छ । यसको फ्रन्टमा २९२ एमएमको ट्वीन पिस्टन क्यालीपर र रियरमा २२० एमएमको सिगंल पिस्टन क्यालीपर ब्रेक दिइएको छ भने फ्रन्टमा यूएसडी टेलिस्कोप फ्रर्क र रियरमा सिगंल मोनेशक रहेको छ । यसमा एबीएस पनि रहेको छ ।
सीएफमोटो एनके १५० उत्कृष्ट डिजाइन, उच्च पर्फमेन्स र आकर्षक डिजाइनले सुसज्जित छ । यो बाइकमा एग्रेशिफ हेडल्याम्प, दुई पिस सिट, लो पोजिनश राइडर सिट, स्पोर्टस तथा इकोनोमी राइडीङ अप्सन, एलइडी टेलल्याम्प, डिजिटल इन्स्टुमेन्ट कन्सोल टेकोमिटर, स्पीडोमीटर, ओडोमिटर, फियुल गेज, गियर इन्डिकेटर जस्ता बिशेषता छन । सो बाइकको लम्बाई २०२५ एमएम, चौडाई ७७० एमएम, उचाई १०७० एमएम, ग्राउण्ड क्लियरेन्स १५० एमएम र १३६० एमएमको ह्वीलवेस रहेको छ । सो बाइकमा ५.२ लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसले ४० किलोमिटर माइलेज दिनेछ ।
हाल नेपाली बजारमा उपलब्ध एनके १५० को मूल्य ३ लाख ३५ हजार रुपैयाँ रहेको छ भने सार्वजनिक हुन लागेको एनके १५० को अपडेटेड भर्सनको मूल्य ३ लाख ५० हजार रुपैयाँ निर्धारण भएको कम्पनीले जनाएको छ । सीएफमोटो सोरुममार्फत यो बाइक बुकिङ गर्न सकिन्छ । उक्त बाइकले नेपाली बजारमा केटीएमसँग प्रतिस्पर्धा गर्ने छ । यसको बनावटको आधारमा यो मोटरसाइकल हाइवे तथा सहरी क्षेत्र दुवैका लागि उत्कृष्ट रहेको कम्पनीको भनाइ छ । ग्राफिक्स वाहेक अन्य फिचर भने सो बाइकमा यथावत नै छन् ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।