सुजुकी डिजायर नयाँ डिजाइन र ईन्जिनमा सार्वजनिक

मारुती सुजुकीले आफ्नो सबैभन्दा बढी बिक्री हुने कार डिजायरलाई नयाँ साजसज्जा र पुरै परिवर्तनका साथ उतारेको छ । कम्पनीले २०२० डिजायर फेसलिफ्टमा उन्नत के–सिरिज ड्युअल जेट इन्जिन राखेको छ । आकर्षक लुक दिनका लागि फ्रन्ट ग्रिल र बोल्ड क्रोमले महत्वपूर्ण भूमिका निभाएका छन् र अझै स्पोर्टी बनाएका छन् । त्यसैगरी यसमा प्रयोग गरिएको क्रुज कन्ट्रोलले यसको सुरक्षा फिचरलाई थप मजबुत बनाएको छ ।

नयाँ मारुती सुजुकी डिजायर फेसलिफ्टमा अपडेटेड के–सिरिज बीएस–६ १.२ लिटर ड्युअल जेट पेट्रोल इन्जिन दिइएको छ, जसले ८२ बीएचपी पावर र ११३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५–स्पिड म्यानुअल वा अटोमेटिक गियरबक्सको विकल्प छ ।

नयाँ मारुती डिजायरको लोअर बम्परमा एक प्रिमियम सिंगल अपर्चर फ्रन्ट ग्रिल र बोल्ड क्रोम छ, जसले झनै प्रभावशाली लुक दिएको छ । कारको बम्परलाई पनि अपडेट गरिएको छ, जसका कारण कारको बोनट र हेडल्याम्प लगभग समान देखिन्छ ।

नयाँ डिजायरमा नयाँ स्मार्टप्ले स्टुडियो २.० इन्फोटेनमेन्ट सिष्टम उपलब्ध छ, जुन ब्रेजा र इग्निसमा पनि उपलब्ध छ । यसका साथै कारका साथ इन–कार नेभिगेसन, एप्पल कारप्ले, एन्ड्रोइड अटो र ब्लुटुथ आदि विभिन्न फिचर उपलब्ध छन् । यसका साथमा अटो क्लाइमेट कन्ट्रोल, अटो हेडल्याम्प, रेन सेन्सिङ वाइपर र क्रुज कन्ट्रोल जस्ता विभिन्न फिचर छन् । कारको इन्टेरियरलाई आकर्षक लुक दिनका लागि क्याबिनलाई स्पेसियस बनाइएको छ । त्यसैगरी सिटलाई पनि ड्युअल टोन गराइएको छ ।

नयाँ डिजायरलाई अझै सुरक्षित बनाउनका लागि यसको डिजाइनमा विभिन्न परिवर्तन गरिएको छ । यसका लागि इलेक्ट्रिक स्ट्याबिलिटी प्रोग्राम, हिल होल्ड फंक्सन अटोमेटिक भर्सनमा दिइएको छ । यसका कारण कठिन खाले सडकमा पनि गाडी बन्द वा स्टार्ट गर्ने समयमा गाडीलाई नियन्त्रणमा राख्न सकिन्छ । यसका साथै ब्रेकको साइज पनि केही ठूलो बनाइएको छ । सबै भेरिएन्टमा दुई एयरब्याग छ ।


Share Page

Related tags to article

0 Comments

Write a comment

menu
menu