हुन्डाईले सोमबार २०२० हुन्डाई क्रेटा सार्वजनिक गरेको छ । नेक्स्ट जेनेरेसन हुन्डाई क्रेटा नयाँ लुक, नयाँ फिचर र तीन इन्जिन अप्सनमा आएको छ । सो कारमा कनेक्टेड कार टेक्नोलोजी ब्लुलिंक छ । नयाँ क्रेटा ५ भेरिएन्टमा बजारमा उतारिएको छ । बजारमा यसको प्रतिस्पर्धा किया सेल्टोस, एमजी हेक्टर र टाटा एच फाइभ आदिसँग हुनेछ । नयाँ क्रेटामा स्नो, स्यान्ड र मड गरी ३ ट्रयाक्सन कन्ट्रोल तथा इको, कम्फर्ट र स्पोर्ट गरी तीन ड्राइभ मोड रहेको छ ।
नयाँ क्रेटामा किया सेल्टोसमा भएका तीन इन्जिन हुने छन् । यसमा १.४ लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिन र १.५ लिटर पेट्रोल र डिजेल इन्जिन छ । १.५ लिटरको पेट्रोल र डिजेल इन्जिनले ११३ बीएचपी पावर र १४४ एनएम टर्क जेनेरेट गर्छ । टर्बो पेट्रोल इन्जिनले १३८ बीएचपी पावर र २४२ एनएम टर्क जेनेरेट गर्छ । हुन्डाईले दावी गरे अनुसार १.५ लिटरको माइलेज म्यानुअल गियरबक्समा १६.८ किलोमिटर र आईभीटी अटोमेटिक ट्रान्समिसनमा १६.९ किलोमिटर प्रतिलिटर छ । डिजेल इन्जिनको माइलेज म्यानुअल गियरबक्समा २१.४ किलोमिटर र अटोमेटिक गियरबक्समा १८.५ किलोमिटर प्रतिलिटर छ ।
नयाँ हुन्डाई क्रेटा निकै नै मस्क्युलर, बोल्ड र स्पोर्टी लुकको छ । यसको फ्रन्टमा थ्रीडी क्यास्केड ग्रिल, ठूलो एलईडी हेडल्याम्प, नयाँ स्प्ल्टि एलईडी डीआरएल, बुल बार आकारको सिल्भर क्लेडिङका साथ नयाँ बम्पर र नयाँ फगल्याम्प हाउजिङ छ । यसमा फ्लोटिङ रुफ डिजाइन, १७ इन्चको डायमन्ड कट अलोय ह्विल र हेडल्याम्पको डिजाइनसँग मिल्ने नयाँ एलईडी टेलल्याम्प छ । यो विभिन्न १० कलर अप्सनमा उपलब्ध छ । समा एप्पल कारप्ले र एन्ड्रोइड अटोलाई सपोर्ट गर्न मिल्ने १०.२५ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिष्टम, नयाँ मल्टी फंक्सन फ्ल्याट बटम स्टेयरिङ ह्विल, लेदर सिट र ७ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर छ ।
सुरक्षाका लागि नयाँ क्रेटामा ड्युअल एयरब्याग, एबीएस, ईबीडी, रियर पार्किङ सेन्सर, सिट बेल्ट रिमाइन्डर र इमर्जेन्सी स्टप सिग्नल जस्ता फिचर स्ट्यान्डर्ड उपलब्ध छन् । टप भेरिएन्टमा इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, भेइकल स्ट्याबिलिटी म्यानेजमेन्ट, रियर डिस्क ब्रेक, हिल स्टार्ट असिस्ट कन्ट्रोल, गाइड लाइन्सको साथमा रियर पार्किङ क्यामेरा र ६ एयरब्याग्स समेत अन्य फिचर पनि रहेको छ । यसमा स्मार्टफोन र स्मार्टवाच कनेक्टिभिटी पनि रहेको छ । जसमा भ्वाइस कमान्ड, रिमोट इन्जिन स्टार्ट र स्टप, रिमोट एयर प्युरिफायर अन र अफ, एन्टि थेफ्ट र भेइकल डाइग्नोस्टिक समेत अन्य सुविधा पनि रहेको छ ।
PREVIOUS NEWS