Home / Blogs / २०२० होन्डा एमएसएक्स १२५ मोटरसाइकल सार्वजनिक
  • Upcoming Bikes
  • 0

२०२० होन्डा एमएसएक्स १२५ मोटरसाइकल सार्वजनिक

Nepal Auto Trader

Share this News

image

होन्डाले २०२० एमएसएक्स १२५ मोटरसाइकल सार्वजनिक गरेको छ । सो मोटरसाइकल आगामी मे १० मा भियतनाममा लन्च गर्ने तयारी गरिएको छ ।

सन् २०१४ मासार्वजनिक गरिएको सो मोटरसाइकलले भियतनामी बजारमा नयाँ रेकर्ड कायम गरिरहेको छ । त्यसैको नयाँ भर्सनको रुपमा नयाँ मोटरसाइकल सार्वजनिक हुन लागेको हो । सो मोटरसाइकल अब नयाँ ड्युअल टोन कलर स्किमका साथ बजारमा उपलब्ध हुनेछ ।

सो मोटरसाइकलको अन्य कस्मेटिक वा मेकानिकल परिवर्तन भने गरिएको छैन । मोटरसाइकलमा ड्युल एलईडी हेडलाइटका साथै फुल्ली डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोलका साथ ह्यान्डलबार युनिट छ । यसमा स्पोर्टी अलोय ह्विलका साथ एलईडी टेललाइट छ ।

मोटरसाइकलमा १२५ सीसी सिंगल सिलिन्डर, एयरकुल्ड फोर स्ट्रोक इन्जिन छ, जसले ९.३ एचपी पावर र १०.६ एनएम टर्क जेनेरेट गर्छ । यसमा फोर–स्पिड गियरबक्स छ । भियतनाममा थाइल्यान्डबाट सो मोटरसाइकल आयात गरिन्छ । यसको मूल्य ४९.९९ मिलियन भियतनामी डलर अर्थात करिव २ लाख ५० हजार रुपैयाँ छ । सो मोटरसाइकल नेपाली बजारमा आउने सम्भावना भने छैन ।

Our latest comments