Home / Blogs / होन्डाको नयाँ बाइक अफ्रिका ट्विन सार्वजनिक
  • Latest Bikes
  • 0

होन्डाको नयाँ बाइक अफ्रिका ट्विन सार्वजनिक

Nepal Auto Trader

Share this News

image

होन्डाले नयाँ बाइक २०२० अफ्रिका ट्विन एड्भेन्चर बाइक सार्वजनिक गरेको छ । भारतमा सो बाइकको मूल्य १५ लाख ३५ हजार भारु रहेको छ ।  नेपालका लागि भने मुल्य निर्धारण गर्न अझै बाँकी नै छ ।   यो मोटरसाइकल नेपाली बजारमा आउँछ वा आउँदैन भन्ने विषयमा केही जानकारी दिइएको छैन । २०२० अफ्रिका ट्विनमा १०८४ सीसी, लिक्विड कुल्ड, प्यारलल ट्विन इन्जिन समावेश गरिएको छ । जसले १०२ एचपीको पावर र १०५ एनएमको टर्क जेनेरेट गर्छ । सो बाइकको मोडल सन् २०१७ मा पेश गरिएको थियो ।

पुरानो मोडलको इन्जिन भन्दा नयाँ मोडलको इन्जिनले ६ प्रतिशत बढी पावर र ७ प्रतिशत भन्दा बढीको टर्क जेनेरेट गर्छ । सो बाइक म्यानुअल र अटोमेटिक डीसीटी ट्रान्समिसनमा उपलब्ध हुनेछ । बाइकको म्यानुअल र अटोमेटिक डीसीटी भर्सनको माइलेज क्रमशः २०.४ र २०.८ किलोमिटर प्रतिलिटर रहेको छ । सो बाइकमा ६ एक्सिस आईएमयु र राइड बाई वायर थ्रटल रहेको छ । सो बाइकमा राइडिङ मोड टुर, अर्बन, ग्राभेल, अफ रोड र दुई युजर मोड रहेको छ ।

सो बाइकमा सेफ्टी फिचरको लागि एबीएस, रियर लिफ्ट कन्ट्रोल, ह्वीली कन्ट्रोल, होन्डा सेलेक्टेबल टर्क कन्ट्रोल, क्रुज कन्ट्रोल सिस्टम र कर्नरिङ लाइट्स समावेश रहेको छ । रियर ह्विलको एबीएस पुरै स्विच अफ गर्न पनि सकिन्छ । यसमा एलआईडी लाइटिङ, ६.५ इन्च कलर्ड टीएफटी टचस्क्रिन इन्स्ट्रयुमेन्ट क्लस्टर स्ट्यान्डर्ड समावेश रहेको छ ।

यसमा ट्याक्सन कन्ट्रोल सिस्टम दिइएको कम्पनीले जनाएको छ । यसको ग्राउन्ड क्लियरेन्स २ सय ५० एमएम छ ।नेपालमा चढ्न चाहने उपभोक्ताले भने केही समय कुर्नु पर्ने छ ।  शुरुमा ५० ग्राहकका लागि मात्र बुकिङ खुला गरिएको थियो  ।  फोर–भल्व युनिक्याम हेड डिजाइन प्रयोग गरी यसलाई लिटर–क्लास इन्जिनको रुपमा विकास गर्ने व्यवस्था मिलाइएको होन्डाले बताएको छ । कम्पनीले हाल यसको डीसीटी भर्सन मात्र लन्च गरेको हो । 

Our latest comments