Home / Blogs / नेपालमा केटीएमका सबै मोटरसाइकल बीएस ६ इन्जिनमा सार्वजनिक
  • Latest Bikes
  • 0

नेपालमा केटीएमका सबै मोटरसाइकल बीएस ६ इन्जिनमा सार्वजनिक

Nepal Auto Trader

Share this News

image

मोटरसाइकल ब्राण्ड केटिएमले नेपालमा बिक्री गर्दै आएको सबै मोटरसाइकल प्रदुषण मापदण्ड बीएस ६ अनुसारको नयाँ २०२० रेन्ज  ल्याएको बताइएको छ। केटिएम बाइकको नेपालका लागि एक मात्र आधिकारिक विक्रेता हन्सराज हुलासचन्द प्रालीले उक्त मोडलको बाइक सार्वजनिक गरेको हो। कम्पनीले यसअघि बिक्री गर्दै आएको सबै मोटरसाइकलको अपग्रेड भर्सन नेपाल ल्याएको हो । आफ्ना सबै मोडल बीएस ६ सार्वजनिक गरेसँगै केटीएम नेपालमा आफ्ना सबै उत्पादन बीएस ६ इन्जिनमा ल्याउने पहिलो कम्पनी बनेको छ । कम्पनीले केटीएम ड्यूक १२५, ड्यूक २००, ड्यूक २५०, ड्यूक ३९०, केटीएम आरसी २००, आरसी ३९० मोडल बीएस ६ इन्जिनमा आजदेखि बिक्री सुरु गरेको पनि  छ  ।


बिएस६ मोडल बाइकमा हलुका स्प्लिट ट्रेलिस फ्रेम, ट्याङ्क र हेडल्याम्प अपग्रेड गरिएको छ। यसको पूरै बनावटलाई नयाँ रुप दिएको कम्पनीले बताएको छ। यो बाइकमा डुअल–च्यानल एबिएस र लेड डिआरएलएस लगायत नयाँ सुविधाहरु छन्। साथै अल्ट्रा कम्प्याक्ट, लिक्विड–कूल्ड, डिओएचसी, ४–भल्भ ईञ्जिन, अत्याधुनिक इन्जेक्शन इलेक्ट्रोनिक्स, डब्लुपी सस्पेन्शन र उच्च प्राविधिक क्षमताको कम्पनेन्ट जडान गरिएको छ ।सबै मोडलका मोटरसाइकल बीएस ६ इन्जिनमा आएसँगै केही मूल्य समेत वृद्धि भएको छ ।


यी मध्ये २०० ड्युकलाई पूरै तवरले अपग्रेड गरिएको छ, जुन शानदार १२९० सुपर ड्यूक—आर बाट प्रेरित छ । केटिएम ३९० ड्युकमा पहिलेदेखि राइड–बाय–वायर, स्लीपर क्लच, सुपरमोटोको साथ डुअल–च्यानल एबिएस, टिएफटी डिस्प्ले र लेड हेडल्याम्प सुविधाहरु छन् । २०२० केटिएम २५० ड्युकमा ओपन–कार्टिज, अपसाइड–डाउन डब्लुपी फोर्क, स्लीपर क्लच, र प्री–लोड एड्जस्टेबल मोनो सक जस्ता विशेषताहरु छन् । केटिएमको आरसी मोटो जिपी फ्याक्ट्री रेसर्सबाट प्रेरित छ ।  आरसी ३९० र आरसी २०० नयाँ रङ्गहरु र ग्राफिक्समा उपलब्ध छन । पावर र तौलको तुलनामा निकै हलुका रहेको यस् बाइकहरुमा अत्याधुनिक प्राविधि जडान गरिएको कम्पनीले बताएको छ ।


केटीएम ड्यूक १२५ को मूल्य ४ लाख ४९ हजार ९०० रुपैयाँ, ड्यूक २०० को ५ लाख ३९ हजार ९०० रुपैयाँ, ड्यूक २५० को ६ लाख ३९ हजार ९०० रुपैयाँ, ड्यूक ३९० को ८ लाख ४९ हजार ९०० रुपैयाँ तोकिएको छ । त्यसैगरि केटीएम आरसी २००को ६ लाख १४ हजार ९०० रुपैयाँ र आरसी ३९० को ८ लाख २४ हजार ९०० रुपैयाँ तोकिएको छ । बीएस ४ मोडलको तुलनामा बीएस ६ मोडल २०० ड्युकमा १५ हजार, ३९० ड्युकमा २० हजार र आरसी ३९० मा ५ हजार रुपैयाँ वृद्धि भएको छ भने आरसी २०० र २५० ड्युकको मूल्यमा कुनै परिवर्तन भएको छैन । यस श्रेणीको सबै बाइक बिएस६को अनुरुप छ । पावर एवं टर्कको अनुरुप प्रदर्शन मापदण्डलाई कायम राखिएको कम्पनीको भनाइ छ ।



Our latest comments