Home / Blogs / एमभी अगस्टाले ल्यायो नयाँ मोटरसाइकल ।
  • Latest Bikes
  • 0

एमभी अगस्टाले ल्यायो नयाँ मोटरसाइकल ।

Nepal Auto Trader

Share this News

image

भारतीय मोटरसाइकल निर्माता काइनेटिक कम्पनी मोटर रोयल ग्रुपले एमभी अगस्टाको नयाँ मोडल ल्याएको छ। कम्पनीले पावरफुल ‘ब्रुटेल ८००’ भारतीय बजारमा लन्च गरेको हो। पुणेमा यसको मूल्य १५ लाख ५९ हजार भारतीय रुपैयाँ तोकिएको छ। कम्पनीले यसअघि ब्रुटेल १०९० ल्याइसकेको छ। अहिलेको नयाँ ब्रुटेल यसैको नयाँ अपग्रेडेड संस्कर हो।

‘ब्रुटेल ८००’ मा कम्पनीले निकै परिवर्तन गरेको छ। नयाँ हेडलाइटका साथमा इन्स्ट्रुमेन्ट कन्सोलमा परिवर्तन गरिएको छ भने आकर्षक स्वरुप दिन तीनवटा एक्जस्ट पाइप राखिएको छ। नयाँ डिजाइनको इन्धन ट्ंयाकीका कारण मोरसाइकल चलाउन निकै सहज हुने कम्पनीको दाबी छ।

७९८ सिसिको इनलाइन, ३ मोटर इन्जिनको ‘ब्रुटेल ८००’ ले १०८ बीचचपी शक्ति र ८३ एनएम टर्क उत्सर्जन गर्छ।


सुरक्षाका लागि ३ चरणको एन्टी ब्रेकिङ सिस्टम र क्विक स्विफ्ट क्लच दिइएको छ। यो मोटरसाइकल यसै वर्षको अन्तिमतिर बजारमा बिक्री लागि पठाइने कम्पनीको भनाइ छ।

कम्पनीले काठमाडौंको पानीपोखरीमा सञ्चालनमा ल्याएको सोरुमबाट ग्राहकलाई सेल्स, सर्भिस र स्पेयर पार्ट्स सहितको सेवा उपलब्ध गराउने भएको छ ।

नेपाली बजारमा ५७ लाख ९० हजार सम्मका एमभी अगस्टाका बाइक उपलब्ध छन् । हालै नेपाली बजारका लागि आधिकारिक वितरक बनेको भेलोसिटी प्रालिले एमभी अगस्टाका बाइक उपलब्ध गराएको हो ।

सन् १९०७ मा उड्डयन कम्पनीबाट थालनी गरेको एमभी अगस्टा इटालियन मोटरसाइकल उत्पादन गर्ने एक बहुप्रतिष्ठित कम्पनीको रुपमा स्थापित छ ।

सन् १९४५ मा पहिलो पटक ब्रान्डेड मोटरसाइकल उत्पादन गरेको उक्त कम्पनीले हालसम्म मोटरसाइकल रेसिङमा उपलब्धि हासिल गरिसकेको छ ।

Our latest comments