Home / Blogs / होन्डाले ल्यायो कम मूल्य पर्ने क्लिक स्कुटर
  • Latest Bikes
  • 0

होन्डाले ल्यायो कम मूल्य पर्ने क्लिक स्कुटर

Nepal Auto Trader

Share this News

image

होन्डाले नयाँ स्कुटर 'क्लिकसार्वजनिक गरेको छ। भारतीय बजारमा सार्वजनिक गरिएको यो नयाँ स्कुटर ग्रामीण क्षेत्रका कम बजेट भएका ग्राहकलाई लक्षित गरी ल्याइएको कम्पनीको भनाइ छ। 

यसको मूल्य १ लाख ८० हजार नेपाली रुपैयाँ तोकिएको छ। महिला-पुरूष दुवै ग्राहकका लागि सुहाउँदो क्लिक चार रङमा उपलब्ध छ। स्कुटर सेतो, बैजनी, हरिया, गाढा रातो र खैरो रङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

११० सिसी इन्जिन भएको यो स्कुटरले अधिक ८ बीएचपी शक्ति र ८.९४ एनएम टर्क उत्सर्जन गर्छ। 

स्कुटरमा मोबाइल चार्जिङ सकेटट्यूबलेस टायर, लेग रुमका साथै सिटमुनि १४ लिटरको स्टोरेज छ। कम्बो ब्रेकिङ सिष्टम (सिबिएस) भएको यो स्कुटरले ६० किमी माइलेज दिने कम्पनीको दाबी छ।

१०२ केजी तौलको यो स्कुटर होन्डा एक्टिभाभन्दा ८ किलो कम छ। फ्रन्ट प्यानल, नयाँ ड्युअल टोन कलर अप्सनमा दिएर यसलाई आकर्षक बनाउने प्रयास गरिएको छ ।

समकालीन सहरी डिजाइनमा आधारित होन्डा क्लिकमा आकर्षक र स्टाइलिस लुक रहेको भन्दै कम्पनीले यो मोडलले आधुनिक स्कुटरहरूलाई पूर्णरूपमा रि–डिफाइन गर्न सफल भएकोे दावी गरेको छ । क्लिकमा अगाडि अवस्थित स्मार्ट सिट ओपनिड स्विच र सिट मुनि प्रशस्त ठाउँले यस स्कुटरलाई अझ बढी उपयोगी बनाएको कम्पनीले दलावी गरेको छ ।




Our latest comments