अप्रिलियाले आफ्नो ‘ स्ट्रोम १२५’ नेपालमा सार्वजनिक गरेको छ। यसको स्टाइल र स्पोर्टी लुक्सको कारण युवाहरुको रोजाईमा स्र्टोम १२५ पर्न सुरु भएको छ ।
कम्पनीले यसको मूल्य २ लाख २४ हजार नेपाली रुपैयाँ तोकेको छ। अप्रिलियाले स्ट्रोम १२५ को अटो एक्सपो २०१८ मा गरेको थियो।
अटोकार इन्डियाको रिपोर्टका अनुसार अटो एक्सपो २०१८ मा प्रश्तुत गरेको ‘स्र्टोम १२५’ भन्दा नयाँ अप्रिलिया स्ट्रोम १२५ को प्रोडक्सन मोडलमा केही परिवर्तन गरिएको छ। नयाँ स्कुटरमा १० इन्चको चक्का राखिएको छ,जुन भेस्पाको मोडलमा पनि राखिएको छ।
आरामदायी यात्राको लागि यसमा प्रिमियम सिट र बच्न डिस्क ब्रेक पनि समावेस गरिएको छ र फ्रन्टमा ड्रम दिइएको छ। यसमा सिबिएसको सपोर्ट पनि राखिएको छ। नेपाली बजारमा यो नयाँ स्कुटरको प्रतिस्पर्धा टिभिएस एन्टर्क, होन्डा ग्राजियासँग रहेने जनाइएको छ।
सो प्रालिका अनुसार, यो स्कुटर रेसरहरुको लागि डिजाइन गरिएको तर आरामदायी सवारीको लागि निर्माण गरिएको स्कुटर हो । यसमा १२५ सीसीको आधुनिक प्रविधिको थ्रि भल्व इन्जिन जडान गरिएको छ । जसले गर्दा सवारलाई शक्तिशाली तथा आरामदायी राइडिङ अनुभव दिन्छ ।
अप्रिलिया स्ट्रोम दुईवटा पृथक रंग म्याट रातो र पहेंलो आकर्षक ग्राफिकमा उपलब्ध छ, जसले इटालियनको उच्च प्रविधि र वनावटको दक्षता प्रस्तुत गर्ने दुगड़ ब्रदर्स एण्ड सन्स प्रालिले जनाएको छ ।
‘यो १२ इन्चको फराकिलो स्पोर्टस अलोय ह्विल भएको टायरसँगै आउने र अप्रिलिया स्ट्रोम अन रोड र अफ रोड दुवै बाटोको लागि उपयुक्त छ तथा सो को कारणले यसको राइड अरुभन्दा सुरक्षित र आरमदायी हुन्छ,’ सो प्रालिले विज्ञप्तिमार्फत जनाएको छ ।
PREVIOUS NEWS
NEXT NEWS