Home / Blogs / बजाज पल्सर १२५ अब नयाँ भर्सनमा सार्वजनिक
  • Latest Bikes
  • 0

बजाज पल्सर १२५ अब नयाँ भर्सनमा सार्वजनिक

Nepal Auto Trader

Share this News

image

बजाज अटोले बजारमा नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले  बजारमा पल्सर १२५ को नयाँ भर्सन सार्वजनिक गरेको हो । सो मोटर बाइक नेपाली बजारमा छिट्टै सार्वजनिक हुने अनुमान गरिएको छ । पल्सर परिवारको सबैभन्दा सानो मोटरसाइकल पल्सर १२५ को कप्पनीले ड्रम ब्रेक भर्सन सार्वजनिक गरेको हो । यसका अलावा कम्पनीले यसमा स्प्लीट सिटसमेत दिइएको छ । बजाज पल्सर १२५ मा नयाँ स्प्लिट सिट, स्प्लिट ग्र्याब रेल र स्पोर्टी बेली प्यान समावेश गरिएको छ । सो बाइक ३ रङ ब्ल्याक रेड, ब्ल्याक सिल्भर र मेट ब्ल्याकको साथमा नियोन ग्रीनमा उपलब्ध रहेको छ ।


बजाजले गतबर्ष सार्वजनिक गरेको बजाज पल्सर १२५ नेपाली बजारमा समेत राम्रो व्यापार गर्न सफल भएको छ । पल्सर १२५ ड्रम ब्रेक भर्सन नेपालमा समेत सार्वजनिक हुने सम्भावना भएको मोटरसाइकल हो । यस्तोमा यसको मूल्य करिब १५ हजार रुपैयाँले सस्तो हुने अनुमान गर्न सकिन्छ । अहिले पल्सर १२५ डिस्क भेरियन्टको मूल्य नेपाली बजारमा २ लाख २६ हजार ९०० रुपैयाँ रहेको छ । हाल बजाजका मोटरसाइकल नेपालमा नै एसेम्वल हुँदै आइरहेको छ । सो एसेम्वल बाइक नेपाली बजारमा अब छिट्टै उपलब्ध हुनेछन ।


बजाज पल्सर १२५ मा १२४.४ सीसी सिगंल सिलिन्डर, २ भल्भ, २ स्पार्क, एयरकुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ८५०० आरपीएममा ११.८ पीएस पावर तथा ६५०० आरपीएममा १०.८ न्यूनट मिटर टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ । सो इन्जिनमा ५ स्पिड गियरबक्स समावेश गरेको छ ।  बाइकको ह्वील १७ इन्चको रहेको छ । सो बाइकको फ्रन्टमा ३१ एमएम टेलेस्कोपिक फोक्र्स र रियरमा ट्वीन ग्याँस चाज्र्ड शक एब्जर्बर्स सस्पेन्सन रहेको छ । बजाजको सो नयाँ बाइकको प्रतिस्पर्धा होन्डा एसपी १२५ र हिरो ग्ल्यामर जस्ता बाइकसँग हुनेछ ।

Our latest comments