एमजी गाडीको लागि नेपालको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले विद्युतीय एसयूभी ‘जेडएस’ सार्वजनिक गरेको छ। एमजी जेडएस ईभी एमजीको सोरुममा समेत आइपुगेको छ । गत भदौ महिनामा सम्पन्न नाडा अटो शोमै यसलाई लन्च गर्ने योजना थियो । त्यतिबेलै गाडी डेलिभरी गर्ने कम्पनीको योजनाले अब मात्र सार्थकता पाउने भएको हो ।
जेडएसले ११० किलोवाट पावर र ३५० एन.एम अधिकतम टक जेनेरेट गर्छ। फुल चार्जमा ४२८ किमीसम्मको माइलेज दिने भनिएको गरिएको यस एसयुभिमा भएको लिथियम आयन ब्याट्रीले ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने कम्पनीको दावी छ। कम्पनीले यसको ब्याट्री लाइफमा ८ वर्ष अथवा १ लाख ५० हजार किलोमिटर वारेन्टी प्रदान गरेको छ।
एमजी जेडएस इभीले नेपालको विद्युतीय गाडीको बजारमा नयाँ बेन्चमार्क कायम गर्ने पारामाउन्ट मोटर्सका जनरल म्यानेजर सचिन अर्यालले दावी गरे। कम्पनीले यसको शुरुवाती मूल्य ४९ लाख ९९ हजार निर्धारण गरेको छ। एमजी जेड एस इभीले यो भेरियन्टका लागि जुलाईमा प्रि–बुकिङ खुलाएको थियो। जसमा नेपालमा १५० भन्दा बढि बुकिङ भइसकेको कम्पनीको दावी छ।
फुल चार्ज हुँदा यसले ४२८ किलोमिटरसम्मको दुरी तय गर्ने दाबी गरिएको छ । यो इलेक्ट्रिक एसयुभीमा ६ वटा एयर व्याग, पानोरोमिक सनरुफ, इलेक्ट्रिकल एड्जस्टेवल सिट र ३ भिन्न ड्राइभिङ्ग मोड उपलव्ध गराइएको छ । एसी फास्ट चार्जिङबाट यसमा भएको ब्याट्री ३० मिनेटमा ८० प्रतिशत चार्ज हुन्छ । उक्त चार्जर हरेक गाडीको खरिदमा निशुल्क उपलव्ध गराइने कम्पनीले बताएको छ । ब्याट्रिमा ८ बर्षको वारेन्टि सुविधा दिइएको छ ।
PREVIOUS NEWS
NEXT NEWS