Home / Blogs / क्र्यास टेष्टमा महिन्द्रा एक्सयूभी ३०० सबैभन्दा सुरक्षित
  • Safety
  • 0

क्र्यास टेष्टमा महिन्द्रा एक्सयूभी ३०० सबैभन्दा सुरक्षित

Nepal Auto Trader

Share this News

image

महिन्द्रा ग्रुपको एक हिस्सा महिन्द्रा एन्ड महिन्द्राले आफ्नो कम्प्याक्ट एसयूभी – एक्सयूभी ३०० ले ग्लोबल एनसीएपीद्वारा उच्चतम  फाइभ स्टार सुरक्षा रेटिङ पाएको घोषणा गरेको छ । यो विश्वव्यापी सम्मानसहित एक्सयूभी ३०० ग्लोबल एनसीएपीद्वारा परीक्षण गरिएका सबै फाइभ स्टार रेटिङ प्राप्त भारतीय सवारी साधनहरूमध्ये सर्वाधिक अंक प्राप्त गर्ने पहिलो सवारी साधन बनेको कम्पनीको दावी छ ।

‘एक्सयुभी ३००’ले ग्लोबल न्यू कार एसिस्मेन्ट प्रोगाम (ग्लोबल एनक्याप)ले गरेको क्रयास टेष्टमा एडल्ट सेफ्टीमा ‘फाइभ स्टार’ र चाइल्ड सेफ्टीमा ‘फोर स्टार’ रेटिङ पाएको हो। एडल्ट सेफ्टीमा ‘फाइभ स्टार’ पाउने यो तेस्रो गाडी हो। चाइल्ड सेफ्टीमा ‘फोर स्टार पाउने यो पहिलो गाडी हो। चाइल्ड सेफ्टीमा हालसम्म कसैले पनि ‘थ्रि स्टार’ भन्दा धेरै रेटिङ पाउन सकेका थिएनन्।

महिन्द्रा एक्सयूभी ३०० मा ७ वटा एयरब्याग, सबै चार वटै पाङ्ग्रामा डिस्क ब्रेक, फ्रन्ट पार्किङ सेन्सर र हिटेड ओआरभीएमसहितका ‘फस्र्ट-इन-सेगमेन्ट’का थुप्रै विशेषताहरुले यसलाई अतुलनीय बनाएको छ । एक्सयूभी ३०० ले उपभोक्ता कार सुरक्षा परीक्षण निकायहरूको छाता निकाय ग्लोबल एनसीएपीद्वारा फाइभ स्टार रेटिङको सम्मान प्राप्त गरेर भारतमा सवारी साधन सुरक्षाको नयाँ मानक कीर्तिमान स्थापना गरेको कम्पनी बताउँछ । हालै जर्मनीमा महिन्द्रा एक्सयूभी ३०० को औपचारिक ग्लोबल एनसीएपी परीक्षण गरिएको हो ।

यसअघि टाटाका नेक्सन र अल्ट्रोजले एडल्ट सेफ्टीमा ‘फाइभ स्टार पाएका थिए। समग्रमा नेक्सनलाई र अल्ट्रोजलाई उछिन्दै महिन्द्र ‘एक्सयुभी ३००’ सबैभन्दा सुरक्षित गाडी बनेको हो। महिन्द्रा ‘एक्सयुभी ३००’ गत भदौमा सम्पन्न नाडा अटो शोदेखि नेपाली बजारमा उपलब्ध छ। ग्लोबल एनक्याप भारतमा बनेको गाडीको सुरक्षा जाँच गर्ने स्वतन्त्र संस्था हो। 

Our latest comments