Home / Blogs / होन्डा सिबिआर ६०० आरआर अब नेपाली बजारमा
  • Latest Bikes
  • 0

होन्डा सिबिआर ६०० आरआर अब नेपाली बजारमा

Nepal Auto Trader

Share this News

image

होन्डाले नयाँ सिबिआर ६०० आरआर मोटरसाइकल नेपाली बजारमा ल्याएको छ । कम्पनीले चाडपर्वको अवसर पारेर नयाँ सिबिआर ६०० आरआर नेपाल ल्याएको हो । कम्पनीले नयाँ सिबिआरको मूल्य ३४ लाख ५० हजार रुपैयाँ निर्धारण गरेर बिक्री सुरु गर्न लागेको हो । होन्डाले होन्डा हाइनेस सीबी ३५० सार्वजनिक गरेसँगै नेपाली बजारमा पनि सिबिआर ६०० आरआर ल्याएको हो । नेपाली बजारमा सो मोटर बाइकको बिक्री अब छिट्टै हुने जानकारीहरु बाहिरिएका छन ।


५९९ सीसी क्षमताको लिक्वीड कुल्ड १६ भल्भ, डिओएचसी इनलाइन इन्जिन दिइएको यो मोटरसाइकल निकै पावरफुल रहेको छ । नेपाली बजारमा बिक्री भइरहेका सब फोर मिटर एसयूभीभन्दा पावरफुल इन्जिनकै कारण यो मोटरसाइकल अन्तर्राष्ट्रिय बजारमा चर्चित रहेको छ ।यसमा दिइएको इन्जिनले अधिकतम १३ हजार ५०० आरपीएममा ११८ हर्स पावर र ११ हजार २५० आरपीएममा ६६ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड गियरबक्स दिइएको छ ।


सो मोटरसाइकलको अगाडि ३१० एमएमको डियूल डिस्कको साथ रेडिल माउन्टेड ४ पिस्टन हाइड्रोलिक क्यालिपर दिइएको छ भने पछाडि २२० एमएमको सिंगल डिस्क उपलब्ध रहेको छ । यसको दुबै चक्कामा होन्डाको कम्बाइन्ड एबीएस दिइएको छ । फाइन डाई काष्ट (एफडीसी) फ्रेममा तयार भएको सिबिआर ६०० आरआरमा अगाडि इन्भर्टेड विग पिस्टन फर्क र पछाडि प्रो लिङ्कको स्प्रीङ प्रि लोडेड सिंगल शक दिइएको छ । साइजको कुरा गर्दा यसको लम्बाई २०३० एमएम चौडाई ६८५ एमएम र उचाई १११५ एमएम रहेको छ । १३५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको यस मोटरसाइकलमा १३७५ एमएमको ह्वीलवेस दिइएको छ ।

Our latest comments