Home / Blogs / नेपालमा सार्वजनिक हुने भयो नयाँ जेनेरेशन सुजुकी सेलेरियो
  • Upcoming Cars
  • 0

नेपालमा सार्वजनिक हुने भयो नयाँ जेनेरेशन सुजुकी सेलेरियो

Nepal Auto Trader

Share this News

image

मारुती सुजुकीको सेकेन्ड जेनेरेसन सिलेरियो ह्याचब्याकमा अब छिट्टै नै नेपाली बजारमा सार्वजनिक हुने भएको छ । कम्पनिका अनुसार सो ह्याचब्याक आगामी जुन महिनासम्ममा बजारमा आउने सम्भावना रहेको छ ।कम्पनीले सन् २०१४ मा पहिलो पटक सेलेरियो नेपाली बजारमा उतारेको थियो भने सन २०१७ मा यसको फेसलिफ्ट भर्सन पनि सार्वजनिक गरेको थियो । अब आउन लागेको नयाँ जेनेरेशन मोडल मारुतीको हार्टटेक प्लेटफर्ममा आधारित हुने कम्पनिको दाबी छ । 


नयाँ जेनेरेशन सेलेरियोमा १.२ लिटर इन्जिन दिइने छ जुन इन्जिनले ८३ बीए पावर र ११३ एनएम टर्क प्रदान गर्नेछ । हाल उपलब्ध मोडलमा भने १.० लिटर के सिरिज इन्जिन उपलब्ध रहेको छ जुन इन्जिनले ६७ पीएस पावर र ९० एनएम टर्क प्रदान गर्छ । सो इन्जिन कम्पनीको वागेनआर, स्वीफ्ट लगायतका मोडलमा रहेको कम्पनिले जानाएको छ ।सो कारमा ५ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्स उपलब्ध रहने छ ।यसैगरी यसको सबै चक्कामा डिस्क ब्रेक दिइने कम्पनिले जानाएको छ ।


मारुती सुजुकी सेलेरियो नेपालमा धेरै गाडी बिक्री हुने मध्येको एक उत्कृष्ट गाडी हो ।सो कारमा नयाँ फिचरहरु भने केही समाबेश गरिएको छैन । यसमा पुरानै फिचरहरु समावेश रहने कमपनिले जानाएको छ । सो गाडीमा पुरानो मोडल जस्तै ब्लुटुथ इन्टरटेनमेन्ट सिस्टम, स्टेयरिङ माउन्टेड अडियो कन्ट्रोल, सिट हाइट एड्जस्ट, पावर विन्डो र म्यानुअल एसी जस्ता फिचर रहेका छन ।सुरक्षाको लागि सेलेरियो एक्समा एयरव्याग, सिट बेल्ट रिमाइन्डर, चाइल्ड प्रुफ रियर डोर लक, रिभर्स पार्किङ सेन्सर, एबीएस जस्ता फिचर पनि उपलब्ध  छन् ।


नेपाली बजारमा हाल सेलेरियोको बीएस ४ मोडल बिक्री वितरण हुँदै आएको छ । सो कारको हाल नेपाली बजार सुरुवाती मुल्य २४ लाख रहेको छ तर सार्वजनिक हुन लागेको नयाँ जेनेरेशन मारुती सुजुकी ‘सेलेरियो’ को मुल्य भने गाडी सार्वजनिक हुने लगतै थाहा हुने कमप्निले जनाएको छ ।रिपोर्टका अनुसार नेपाली बजारमा सो कार यही वर्षको जुनमा सार्वजनिक गर्ने सम्भावना रहेको छ ।सेलेरियोले बजारमा हुन्डाई सेन्ट्रो, टाटा टियागो र रेनो क्वीडको टप भेरियन्टसँग प्रतिस्पर्धा गर्ने छ ।

Our latest comments