हिरोको एक्स्ट्रीम १६० आर अहिले चर्चाको बिषय बन्न पुगेको छ । नेपालको लागि हिरोको आधिकारीक वितरक नेपाल जनरल मार्केटिङ प्रालि (एनजीएम) का अनुसार हिरोको पछिल्लो उत्पादन एक्स्ट्रीम १६० आर फेब्रुअरी महिनामा सार्वजनिक हुनेछ । कम्पनिका अनुसार मार्च महिनाको पहिलो सातासम्ममा एक्स्ट्रीम १६० आर नेपाली बजारमा विक्री तथा बितरण सुरु हुनेछ । कम्पनीले पछील्लो बर्षा बजारमा ल्याउने तयारी गरेको यो मोटरसाइकल कोभिडको कारण स्थगित भएको थियो ।
हिरो एक्स्ट्रीम आरमा १६० सीसी सिंगल सिलिण्डर एयरकुल्ड एफआई बीएस ६ इन्जिन दिइएको छ जसले ८५०० आरपीएममा १५.२ बीएच पावर र ६५०० आरपीएममा १४ एनएम टर्क प्रदान गर्नेछ । सो मोटर बाइकले ० देखि ६० किलोमिटरको स्पीड कभर गर्न केवल ४.७ सेकेन्ड मात्र समय लगाउने छ । यसमा कम्पनीले अटो शेल टेक्नोलोजी प्रयोग गरेको पनि जनाएको छ । हिरो एक्स्ट्रीम आरमा नयाँ डायमण्ड टाइप सिंगल डाउन ट्युव फ्रेम दिइएको छ भने जसमा अगाडि ३७ एमएमको फर्क र पछाडि ७ स्टेप एड्जस्टेवल मोनोशक रहेको छ ।
हिरोले एक्स्ट्रीम १६० आर नयाँ मोडलमा अद्वितीय फिचरहरु उपलब्ध गराएको छ । हिरोले एक्स्ट्रीम १६० आरमा सबै किसिमका लाइट एलइडी प्रयोग गरेको छ भने यसमा पूर्णत डिजिटल डिस्प्लेको पनि प्रयोग गरिएको छ । साथै यो मोटरबाइकको दुबै चक्कामा पेटल टाइप डिस्क ब्रेक दिइएको छ भने सिंगल च्यानल एबीएस पनि उपलब्ध रहेको छ । यसका साथै यसमा साइड स्ट्यान्ड इनर्जी कट अफ सिस्टम उपलब्ध रहेको छ । सो बाइकलाई सानदार बनाउनको लागि नयाँ परिमार्जन गरिएको कम्पनिको भनाइ छ ।