Home / Blogs / टिभीएस एनटर्कले जित्यो स्कुटर अफ द इयर अवार्ड
  • Latest Bikes
  • 0

टिभीएस एनटर्कले जित्यो स्कुटर अफ द इयर अवार्ड

Nepal Auto Trader

Share this News

image

गत असोजमा सम्पन्न नाडा अटोशोमा टिभीएस कम्पनीले सार्वजनिक गरेको टिभीएस एनटर्क स्कुटरले छोटो समयमा राम्रो बजार लिन सफल भएको छ । एनटर्क १२५ निकै स्टाइलिस र दमदार पावरका लागि परिचित भएको छ । 

टिभीएस एनटर्क अटो कार इन्डियाले ‘स्कुटर अफ द इयर’ अवार्डद्वारा सम्मानित भएको छ।

स्कुटरमा रहेका बिभिन्न आकर्षक फिचरहरुले युवावर्गको मन जितेकाले यो अवार्ड प्राप्त गरेको कम्पनीले जनाएको छ। यो स्कुटरमा देखिएको पुरुषआकर्षणले स्कुटर महिलाले मात्र चढ्ने सवारी हो भन्ने मान्यतालाई गलत साबित गरेको कम्पनीको भनाइ छ।

यसमा फाइटर जेट स्टाइल, रेस स्पेक इन्स्ट्रुमेन्ट क्लस्टर र थ्रोटल एक्जस्ट नोट जस्ता अन्य थुप्रै आकर्षक फिचर रहेको कम्पनीले बताएको छ।टिभीएसको नयाँ १२५ सीसीको यो स्कुटर डिजाइन स्टिल्थ एयरक्राफ्टको सार्प र एङगुलर लाइनबाट बनेको छ ।

एनटर्क मेट सिरिजमा सेतो, रातो र पहेलो रंगमा र मेटालिका सिरिजमा ग्रे र निलो रंगमा नेपाली बजारमा उपलब्ध छ।

एनटर्कको विएस–४ कम्प्लायन्ट इन्जिनले ९.३ वीएचपीको उच्चशक्ति र १०.५ एनएमपिक टर्क जेनेरेट छ। इन्जिनमा भएका ३ वटा भल्वहरुले स्मुथ र आरामदायी दिने कम्पनीको दाबी छ।

यसको स्टाइल र स्पोर्टी लुक्सको कारण युवाहरुको रोजाईमा एनटर्क पर्न सुरु भएको छ । यो स्कुटरमा ब्लूटुथ इन्बेल्ड इन्ट्रुमेन्ट कल्स्टर दिएको छ । स्कुटरमा स्पोर्ट मोड दिइएको छ, जसले रेसिङ डाटा, ल्याप समय स्क्रिनमा देख्न सकिन्छ । तीन ट्रीप मिटर, फ्यूल लेवल, स्पीड, इन्जिन टेम्परेचर, र घडीजस्ता फिचरहरु नर्मल मोडमा पाइन्छ ।

कम्पनीको अनुसार यसको फ्यूल ट्याङ्क ५.५ लिटर छ। यसले प्रति लिटर ३५ देखि ४० किलोमिटरको माइलेज दिन्छ। यसमा जडान गरिएको ब्लुटुथ इन्स्ट्रुमेन्ट ह्यासलफ्रि छ। यो स्कुटर ड्रम ब्रेकमा पनि उपलब्ध छ। 

साथै, यसमा उपलब्ध १२५ सीसी गियर कोल्ड इन्जिन उपलब्ध स्कूटरले ११.५ बीएचपी पावर दिन्छ । यसको टप स्पीड क्षमता १०३ किलोमिटर प्रतिघन्टा हुनेछ । नेपाली बजारम यस्को मुल्य २ लाख २४ हजार ९ सय रुपैयाँ रहेको छ । 

 

Our latest comments