रोयल इन्फिल्डले आफ्नो नयाँ मोडल ‘इन्टरसेप्टर ३५०’ अब छिट्टै बजारमा सार्वजनिक गर्ने भएको छ । रोयल इन्फिल्ड इन्टरसेप्टर ३५०, ६५० इन्टरसेप्टरमा आधारित हुनेछ । रोयल एनफील्डलाई पछील्लो दुई बर्षमा इन्टरसेप्टर ६५० र कन्टिनेन्टल जीटी ६५० बाट ठूलो सफलता मिलेको थियो । सो कार्यलाई मध्य नजर गर्दै कम्पनिले सानो सिसीको इन्टरसेप्टरलाई बजारमा ल्याउने तयारी गरेको हो । कम्पनीले आफ्नो नयाँ मोडल इन्टरसेप्टर ३५० को हाल परिक्षण गरिरहेको छ भने सो मोटरबाइकका केही तस्विरहरु सार्वजनिक भएका छन् ।
केही समयअघि रोयल इन्फिल्डले मेटियोर ३५० सार्वजनिक गरेको थियो । मेटियोर ३५०ले बजारमा थन्डरर्वड ३५० लाई प्रतिस्थापन गरेको थियो । मिटियोर ३५० मा रोयल इन्फिल्डले पहिलो पटक ‘स्मार्ट कनेक्टिभिटी’ फिचर्स प्रयोग गरेको थियो । यससँगै रोयल इन्फिल्डले ३५० सीसी सेग्मेन्टमा अर्को मोटरसाइकल ल्याउने तयारी गरेको रिपोर्टहरु पनि बाहिरिएका छन । रोयल इन्फिल्डको सो नयाँ मोडल २०२१ मा सार्वजनिक हुने छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा प्रभाव जमाउन नयाँ–नयाँ मोडल सार्वजनिक गर्न लागिएको कम्पनीको दाबी छ ।
रोयल इन्फिल्डले उक्त मोटरसाइकलमा इन्टरसेप्टर ६५० को टेलल्याम्प तथा टर्न सिंग्नलको प्रयोग गरेको देखिएको छ भने सो मोटरसाइकलमा फुटपेग, रियर फेन्डर, रियर सस्पेन्सन समेत ६५० इन्टरसेप्टरसँग मिल्दोजुल्दो हुने छ । इन्टरसेप्टर ३५० मा डुअल च्यानल एबिएस, एलइडी डिआरएल वाला सर्कुलर हेलोजिन हेडल्याम्प, एलइडी टेल ल्याम्प लगायतका फिचर्स दिइने छ । यसमा मेटेर ३५० मा रहेको ३४९ सीसी सिंगल सिलिन्डर एयर एण्ड आयल कुल्ड इन्जिन प्रयोग गरिने छ । यो इन्जिनले २०.२ हर्स पावर तथा २७ एनएम टर्क जेनेरेट गर्छ । इन्टरसेप्टर ३५० नेपाली बजारमा पनि छिट्टै सार्वजनिक हुने अनुमान गरिएको छ ।
PREVIOUS NEWS