Home / Blogs / होन्डाले २०० सीसी क्षमताका ३ मोटरसाइकल निर्माण गर्ने
  • Upcoming Bikes
  • 0

होन्डाले २०० सीसी क्षमताका ३ मोटरसाइकल निर्माण गर्ने

Nepal Auto Trader

Share this News

image

जापानीज मोटरसाइकल निर्माता कम्पनी होन्डाले २०० सीसी सेग्मेन्टमा मोटरसाइकल निर्माण गर्ने भएको छ । कम्पनीले दक्षिण एशियाली बजारलाई लक्षित गरेर २०० सीसी सेग्मेन्टमा मोटरसाइकल निर्माण गर्ने भएको हो । बाइक सौखिनहरुका लागि २०० सीसी सेग्मेन्टमा मोटरसाइकल निर्माण गर्ने भएको हो । माइलेजको खासै चाहना नराख्ने तर शोखका लागि बाइक चलाउन चाहनेहरुका लागि यस्ता बाइक उत्पादन गरिएका हुन् ।

कम्पनी होन्डाले २०० सीसी सेग्मेन्टमा नेकेड, फियर्ड तथा एड्भेन्चर वेस मोटरसाइकल निर्माण गर्ने भएको अनुमान गरिएको छ । उक्त प्लेटफर्ममा २०२१ मा पहिलो मोटरसाइकल बजारमा आउने अनुमान गरिएको छ  । २०० सीसी सेग्मेन्टमा ल्याउने उक्त मोटरसाइकलले बजाज पल्सर एनएस २००, अपाचे आरटीआर २०० जस्ता मोटरसाइकलसँग प्रतिस्पर्धा गर्नेछ । समान्य रुपमा यो मोटरसाइकलमा एलइडी हेडल्याम्प, डिजिटल इन्स्टुमेन्ट क्लस्टर तथा स्मार्ट कनेक्ट जस्ता फिचर रहने छन  ।

यसको इन्जिनमा २०० सीसी एयरकूल्ड सिगंल सिलिन्डर इन्जिन रहने छ । जसले २०-२३ पीएस पावर जेनेरेट गर्ने अनुमान छ । यो वर्गका बाइकलाई पावर र स्टाइलको संगम मानिन्छ । धेरै माइलेज नदिए पनि यी बाइकको पावर धेरै हुन्छ । त्यसैगरी यी बाइक हेर्दा स्पोर्टी पनि हुन्छन् । पावर र स्पोर्टी डिजाइन नै यी बाइकको पहिचान हो । २०१४ अटो एक्सपोमा कम्पनीले सीएक्स ०१ कन्सेप्ट मोटरसाइकल सार्वजनिक गरेको थियो । यहि मोटरसाइकलको वेसमा २०० सीसी नयाँ मोटरसाइकल बनाउन लागेको समेत अनुमान गरिएको छ ।

कम्पनीले २०० सीसी सेग्मेन्टमा एड्भेन्चर मोटरसाइकल समेत निर्माण गर्ने अनुमान गरिएको छ । हाल २०० सीसी सेग्मेन्टको एड्भेन्चर मोटरसाइकलमा हिरो एक्सपल्सले राम्रो बजार पाइरहेको छ । होन्डाले २०० सीसी सेग्मेन्टमा निमार्ण गर्ने उक्त मोटरसाइकल एशियाली बजारमा निर्यातसमेत गर्नेछ । विशेष गरी सहरी क्षेत्रमा चलाउनका लागि यी बाइक उपयोगी हुन्छन् । 

Our latest comments