जापानी दुई पाङ्ग्रे सवारी साधन निर्माता कम्पनी होन्डाले नयाँ स्कुटरको पेटेन्ट दर्ता गरेको समाचार बाहिरिएका छन् । कम्पनीको प्रिमियम स्कुटरका पेटेन्ट तस्विरहरु पनि अनलाइन मार्फत सार्वजनिक भएका छन् । बाहिर आएको तस्विरका अनुसार स्कुटरको डिजाइन कर्भ तथा फोल्ड रहेको छ । हालै मात्र तस्विर बाहिर आएको हुनाले यसको बारे धेरै जानकारी बाहिर आएको छैन । त्यसको लागि भने केही समय कुर्न पर्ने कम्पनी को दाबी छ ।
हाल बाहिर आएको स्कुटर कन्सेप्ट स्कुटर मात्र रहेको छ । एप्रो बेशसहित पछाडिको भाग समेत एकै पिस कम्पोनेन्ट बाट निर्माण जानकारी प्राप्त भएको छ । उक्त कन्सेन्ट डिजाइनमा कुनै इलेक्ट्रीकल पार्टस भने देखिएको छैन । यसको फ्रन्टमा ठूलो वीन्ड स्क्रीन देखिएको छ भने, इन्स्टुमेन्ट कल्स्टरको लागि स्थान खाली राखिएको छ । फ्रन्ट एप्रोनमा स्टोरेज स्पेस राखिएको मजाले देख्न सकिन्छ ।
फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन र रियरमा सिगंल माउन्टेड सस्पेन्सन रहेको छ । कम्पनीले यो स्कुटर उत्पादन गर्ने हो भने, १५०/१६० सीसी सेग्मेन्टमा उत्पादन गर्ने अनुमान गर्न सकिन्छ । महिला तथा पुरुष दुबैका लागि उपयुक्त, चलाउन सजिलो, समान राख्न मिल्ने हुँदा स्कुटरका ग्राहक बढेका छन् । स्कुटर मल्टीयुज गर्न पाइने हुँदा ग्राहकको आकर्षण बाइकमा भन्दा स्कुटरमा बढी देखिएको छ । यो स्कुटरको पनि नेपाली बजारमा सफलता अवश्य मिल्ने छ ।
PREVIOUS NEWS