होन्डा कम्पनीले जुलाईमा दमदार मोडल अफ्रिका ‘ट्वीन’ सार्वजनिक गरेको थियो । होण्डाले अन्य कम्पनीद्वारा उत्पादित बाइकको तुलनामा ‘अफ्रिका ट्वीन’मा उत्कृष्ट विशेषता भएको जनाउँदै जुलाईमा सार्वजनिक गरेको हो । विश्व बजारमा सन् २०१५ मै उपलब्ध भए पनि एसियाका धेरै बजारमा यो हालै मात्र सार्वजनिक गरिएको हो । यो भन्दा पहिले २०१६ अटो एक्स्पोमा पनि यसलाई प्रदर्शन गरिएको थियो ।
फ्रिका ट्वीनमा ९९८ सीसी इञ्जिन क्षमता दिइएको छ । यसले ९४ एचपी पावरमा ९८ एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ । यसको साथै यसमा ६ स्पीड गियर बक्स दिइएको छ भने एन्टीलक ब्रेकिङ सिस्टम यो बाइकको अर्काे विशेषता हो ।
यसमा ट्याक्सन कन्ट्रोल सिस्टम दिइएको कम्पनीले जनाएको छ । यसको ग्राउन्ड क्लियरेन्स २ सय ५० एमएम छ ।नेपालमा चढ्न चाहने उपभोक्ताले भने केही समय कुर्नु पर्ने छ । शुरुमा ५० ग्राहकका लागि मात्र बुकिङ खुला गरिएको थियो ।
फोर–भल्व युनिक्याम हेड डिजाइन प्रयोग गरी यसलाई लिटर–क्लास इन्जिनको रुपमा विकास गर्ने व्यवस्था मिलाइएको होन्डाले बताएको छ । कम्पनीले हाल यसको डीसीटी भर्सन मात्र लन्च गरेको हो । आगामी दिनमा नेपाल भर भव्य कार्यक्रमका साथ यसको लन्च गरिने कम्पनीले बताएको छ ।
कम्पनीले यसको बिक्री मूल्य १३ लाख ८० हजार भारतीय रूपैयाँ निर्धारण गरेको छ । नेपालका लागि भने मुल्य निर्धारण गर्न अझै बाँकी नै छ । भारतका विभिन्न २२ डिलरमार्फत यो बाइक उपलब्ध हुनेछ ।
PREVIOUS NEWS